काठमाडौँ। लेखक सुरेन्द्र रेग्मी अर्थात् आर सुरेन्द्रको पुस्तक आशीर्वादको लोकार्पण भएको छ।
योगी नरहरिनाथको प्राकट्य दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबीच यात्रा संस्मरण कृति आशीर्वाद लोकार्पण गरिएको हो। लोकार्पण कार्यक्रममा पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली, नरहरिनाथका अनुयायी नाथगुरु नारायण नाथ, बौद्ध गुरु श्याल्पा तेन्जिङ रिम्पोछे, लेखक शास्त्रदत्त पन्त, विष्णु दाहाल, साहित्यकार रमेश शुभेच्छुकलगायतले आशीर्वादमाथि चर्चा गरेका थिए।
पुस्तकबारे चर्चा गर्दै पूर्वप्रधानन्यायाधीश पराजुलीले धर्म निरपेक्षता ससर्त लादिएको अस्त्र भएको बताए। लेखक सुरेन्द्रले तीर्थाटन वर्णनको बहानामा सनातन सभ्यताको पुनर्जागरणका लागि आशीर्वादमार्फत लोक ब्युँझाउने प्रयत्न गरेको बताए। उनले आध्यात्मिक चेतप्रतिको वर्तमान भाष्य परिवर्तन गरिनुपर्ने खाँचो औल्याए। आशीर्वाद भुँडीपुराण प्रकाशनबाट प्रकाशित भएको हो।