कास्की। प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब ४८ प्रतिशत मत खसेको छ।
प्रदेशअन्तर्गत ११ जिल्लाका १८ निर्वाचन क्षेत्रमा हालसम्म (३:४० बजेसम्म) करिब ४८ प्रतिशत मत खसेको प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले जानकारी दिए। कास्कीका सबै जिल्लामा उत्साहपूर्ण रूपमा मतदान भइरहेको उनले बताए।
गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ जना मतदाता छन्। जसमा महिला नौ लाख ५५ हजार ५१६ जना, पुरुष नौ लाख १४ हजार ५३५ जना र अन्य १४ जना रहेका प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ।