काठमाडौँ। बिहीबार जारी प्रतिनिधिसभाको निर्वाचनमा चितवनका तीन निर्वाचन क्षेत्रमा हालसम्म ५० प्रतिशत मत खसेको छ।
निर्वाचन आयोगद्वारा सार्वजनिक तथ्यांक अनुसार दिउँसो ३ बजेसम्म ५० प्रतिशत मतदान भएको हो। ४४ लाख दुई हजार ८२ मतदाता रहेको चितवनमा २२ लाख १२ सय १४ मत खसिसकेको जनाइएको छ।
चितवन १ मा नेपाली कांग्रेसका राजेन्द्र प्रसाद बुर्लाकोटी, नेकपा एमालेका तर्फबाट दाबा दोर्जे लामा र रास्वपाबाट हरि ढकाल उम्मेदवार छन्। चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, नेकपा एमालेका अस्मिन घिमिरे र मीना कुमारी खरेलबीच प्रतिस्पर्धा भइरहेको छ।
चितवन ३ मा नेपाली कम्युनिष्ट पार्टी (तारा) की रेणु दाहाल, नेकपा (एमाले) का शंकरराज थपलिया र राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम उम्मेदवार छन्।