काठमाडौँ
००:००:००
८ असार २०८३, सोमबार

अनुभूति

उठ्दै छ मेलम्चीमा विश्वासका नयाँ संरचना धमाधम। अझ पनि निर्माण हुँदै छन् खोलाछेउमै घर र सपना। छोडेर कहाँ जान सकिन्छ र आफ्नो थातथलो सजिलै!

२८ चैत्र २०८२
अ+
अ-

वसन्तको पहिलो प्रेममा चुर्लुम्म डुबेको हराभरा वन। पहाड र नदीले सिँगारिएको ग्रामीण बस्ती।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित ग्याल्थुम बजार पुग्दा हृदयमा शान्ति भरियो। बिहानको १० बजे त्यहाँ गाडीबाट झर्‍यौँ। चिया खान एउटा पसलमा छिर्‍यौँ। तर, हामी त चिनापर्चीकै व्यक्तिको घरमा पुगेछौँ। जहाँको आतिथ्यले गदगद बनायो।

त्यो घर डा. बालचन्द्र मिश्रको सम्धीको रहेछ। बालचन्द्र सरकी जेठी छोरी सानुमाया र ज्वाइँ रूपेश लामिछानेको घर। छोरी-ज्वाइँ घरमा नभए पनि उमेरको उकालीमा रहेका ऊर्जाशील सम्धीसम्धिनीसँग भेट भयो।

काठमाडौँदेखि आएका कवि, लेखकहरू गाडीबाट फटाफट ओर्लिएर लामबद्ध भए। आँगनमा कुर्सीहरू भरिँदै गए।

अभिवादन चलिरहँदा चिया-बिस्कुट आइपुग्यो। चिनी भएको/नभएको। दूध हालेको/नहालेको। परिचय साटासाट भयो। आतिथ्य र प्रकृतिको मिठासमा स्थानीय स्रष्टाहरूसँग परिचित हुने अवसर पनि पाइयो।

शोभा म्यामले थालमा केरा लिएर सबैलाई बाँड्दै आउनुभएको छ। क्वाप्प खाएँ एउटा कोसो। केराको स्वादले बाल्यकालीन मिठासलाई स्मृतिमा सर्लक्क उतारिदियो।

लामिछाने सम्धीज्यूकै पसलमा ससाना कोसा भएका पाकेका केरा देखेँ। कताकता बाल्यकालमा पुगिहालेँ। शोभा म्यामले थालमा केरा लिएर सबैलाई बाँड्दै आउनुभएको छ। क्वाप्प खाएँ एउटा कोसो। केराको स्वादले बाल्यकालीन मिठासलाई स्मृतिमा सर्लक्क उतारिदियो।

मैले बालवयमा मुख मिठ्याउँदै खाएको मर्चमाने प्रजातिको केरा थियो यो। उबेलाको आमाको आवाज कानमै गुन्जियो, ‘मालभोगभन्दा कम छैन। यो मर्चमाने केरा निकै स्वादिलो हुन्छ। बाडिगाउँबाट बीउ ल्याएको। माथ्लो गरामा पनि यसकै बीउ सार्नुपर्छ अब।’  

सिन्धुलीको भिमानस्थित हाम्रो घरनजिकैको खेतमा केरा खेती सुरु भयो। पानी पटाउन गाह्रो भएपछि आमाकै योजनाअनुसार इनार नजिकैको धानखेतमा गरिएको केरा खेती फस्टायो। मनग्गे फल्थे केरा। खाएर नसकिने। खाएर नसकिएको पाकेका केरा चटचट काटेर मान्द्रोमा सुकाएर राख्ने सोच मेरी आमालाई कहाँबाट आयो कुन्नि! त्यसरी सुकाएको केरा घिउमा तारेर खाँदाको स्वाद सम्झँदा अहिले पनि मेरो जिभ्रो खुसीले नाच्छ।

लामिछानेज्यूहरूको आँगनबाट बिदा हुने भइयो। त्यस ठाउँले बाल्यकालीन स्मृतिमा फर्काएको खुसी नबताई हिँड्न मनै मानेन। हिँड्ने बेला फनक्क फर्केर भनेँ, ‘भिमानमै गएर खाए जस्तै भयो केरा। मेरो माइती गाउँमा यस्तै केरा फल्थ्यो।’

सेराको सत्कार मनभरि बोकेर हामी गाडीमा अगाडि बढ्यौँ।

कहर निम्त्याएको मेलम्ची खोलाले मलाई दिव्य ज्ञान बाँडिरहेको थियो– स्थिरता, सौम्यता र धीरता चीरकालसम्म रहन्छन् र यिनको साइनो सिर्जनशीलतासँग जोडिन्छ। यसविपरीत क्षणिक रूपमा आउने उग्रता र उद्दण्डताले विनाश निम्त्याउँछन्।

मेलम्ची खोलाले आफ्नो पुरानो बाटो छोडेर बस्तीछेउ ढुंगा थुपारेको देखियो। खोला बौलाएको हो या मान्छेले प्रकृतिलाई चुनौती दिएको? दोष मान्छेको हो कि प्रकृतिको?

यत्रतत्र देखिए भत्किएका संरचना। बगाएका बस्ती। खोलाको रौद्र रूपको असर देखेर मन कोक्यायो।

तर, केहीबेरमा मन अलि उज्यालो भयो। घरहरू त फेरि बन्दै रहेछन्। विश्वास र आँट उठ्दै रहेछ। बाढीले संरचना मात्र बगाएको/भत्काएको रहेछ। घर भनेको संरचना मात्र कदापि होइन। घर भनेको मन हो, निश्चित भूगोलसँगको गहिरो अपनत्व हो। बाढीले संरचना मात्र बगायो, मेलम्चीवासीको हिम्मत र विश्वास बगाउन सकेन।

खोलाले संरचना मात्रै बगाएन। कति कति सपना बगायो। कतिका सन्तान बगायो। तर, मान्छेहरूको विश्वास र साहस फेरि चलमलायो। र, त उभिन थाले घर।

मेलम्चीको किनारामा बाढीको चिनो जताततै देखिए। पहिले बस्तीभन्दा निकै तल भएको खोला आज बस्तीसँगै हिँड्दै छ। चुनौती दिँदै छ मान्छेलाई। खोलासँग पुनः पौँठेजोरी खेल्न विवश छन् स्थानीय। सडकछेउमै छ बजार र बस्ती। बगर बनेको बजार बगरछेउमै हाँस्दै छ। व्यापार मात्र हैन बजार, जीविकाको आधार पनि हो। त्यसैले त खोलाछेउबाट हट्दैनन् बजार र बस्ती।

माला र खादाभन्दा कता हो कता अमूल्य लाग्छ फूलको सानो गुच्छा। सम्पन्नताले हैन, संस्कारले स्वागतलाई भव्य र स्मरणीय बनाउँदो रहेछ।

मान्छे ज्याद्रो छ। भाँचिँदैन ऊ हत्तपत्त। संघर्ष नै मान्छेको परिचय हो। उठ्दै छ मेलम्चीमा विश्वासका नयाँ संरचना धमाधम। अझ पनि निर्माण हुँदै छन् खोलाछेउमै घर र सपना। छोडेर कहाँ जान सकिन्छ र आफ्नो थातथलो सजिलै!

एकातिर बाढीले गरेको विनाश देखिँदै थियो। अर्कातिर खोलाकै विरूप हालत थियो। हेर्छु, ढुंगाको खोला छ। ढुंगाले खोलाको सौन्दर्य छोपेको छ। कहर निम्त्याएको मेलम्ची खोलाले मलाई दिव्य ज्ञान बाँडिरहेको थियो– स्थिरता, सौम्यता र धीरता चीरकालसम्म रहन्छन् र यिनको साइनो सिर्जनशीलतासँग जोडिन्छ। यसविपरीत क्षणिक रूपमा आउने उग्रता र उद्दण्डताले विनाश निम्त्याउँछन्। अरूलाई भत्काउन खोज्दा आफू पनि भत्कनुपर्छ।

‘ल खाना खाने ठाउँमा आइपुगियो। झरौँ अब।’ गाडी रोकिने र आवाज आउने एकसाथ भयो।

झ्यालबाट आँखा खसे ‘किउल’ लेखेको बोर्डमा।

हामीलाई स्वागत गर्न राधिका भण्डारी उज्यालो मुहार लिएर उपस्थित हुनुहुन्छ। माला र खादाभन्दा कता हो कता अमूल्य लाग्छ फूलको सानो गुच्छा। सम्पन्नताले हैन, संस्कारले स्वागतलाई भव्य र स्मरणीय बनाउँदो रहेछ। किउलका स्थानीय र भण्डारी परिवारको निर्मल र निश्छल मुस्कान दीर्घकालसम्म मेरो हृदयमा फुलिरहनेछ।

शिष्टाचारभन्दा कम स्वादिलो थिएन खाना। साग त थपेरै खाएँ। सागको स्वाद अद्‌भुत लागेर भान्सामा गएर होटलकी बहिनीलाई सोधेँ पनि, ‘साग त निकै मीठो रहेछ नानी। केको साग हो?’

प्रायः भाइबहिनीहरूको शिरमा ऊनी टोपी देखियो। चैतको महिना छ र छ्यांग आकाशमा टन्टलापुर घाम लागेको छ। यस्तोमा किन लगाएका होलान् न्यानो टोपी भन्ने सोचेँ। तर, हावा यति जोडले चल्दो रहेछ, पातलो क्याप त उडाइहाल्ने।

बहिनीले हाँस्दै भनिन्, ‘सिम साग हो दिदी।’ यसअघि कहिल्यै नखाएको साग पो रहेछ, तर जिभ्रोमा गढेर बस्यो।

खोलानजिकै टहरामा छ होटल। नजिकै ट्राउट माछापालन। ट्राउट माछा बगेको पानीमा मात्र बाँच्छ। बग्नु त आखिर जीवनको सौन्दर्य नै हो। जो जम्छ, त्यो त समाप्त हुन्छ।

पहिलो चरणको कवितावाचन कार्यक्रम पनि यहीँ राखिएको थियो। कवितावाचनमा स्थानीय स्रष्टाहरूले हेलम्बुलाई केन्द्रमा राखेर निकै राम्रा कविता सुनाउनुभयो। दधिराम भण्डारी, बैंकका कर्मचारी किरण भट्टराई र स्रष्टा यात्री खोलाघरे साइँलोको काव्यिक मनले मोहित पार्‍यो।

किउलबाट सम्झनाका कोसेली पोको पार्दै हामी अझ अगाडि लाग्यौँ। हेलम्बु गाउँपालिका-६ को इच्छेश्वर शिवालय, बाह्र किलो, इचोक हुँदै घोप्टेध्याङतिर गयौँ। पहाडी बाटो डरलाग्दो छ। पहरा भीमकाय छन्। यामानका पहाडको भित्ता भित्तामा घुमाउरो सडक र सानाठूला घरहरू आमाको छातीमा टाँसिएका बालक झैँ लाग्छन्। उकाली-ओराली र घुम्तीहरू पार गर्दै हामी डाँडामाथि नै पुग्यौँ।

दिउँसोको १ बजे घोप्टेध्याङ पुग्यौँ। चारैतिर ठूला ठूला पहाड छन्। सडक सर्पझैँ बटारिएर टाकुराको टुप्पासम्मै पुगेको छ। रातो रङमा सजिएको घुमाउने घर हेलम्बु बोधिसत्त्व मोडल स्कुल रहेछ। आधुनिक पूर्वाधारले सुसज्ज्जित छ स्कुल। कुर्सीहरू पनि प्लास्टिकका होइनन्, स्टिलका।

विद्यालयकी शिक्षकले स्रष्टाहरूलाई खादा लगाएर स्वागत गर्नुभयो। प्रधानाध्यापक राजेन्द्र धामी सुदूरपश्चिमको हुनुहुँदो रहेछ। दार्चुला घर भएका उहाँ हेलम्बु आउनुभएको दुई महिना मात्र भएको रहेछ। मेरो कर्मघर महोत्तरीका दुई शिक्षकलाई पनि देखेँ। तराई, पहाड र हिमालको सुगन्ध एकैठाउँमा मगमगाएको देख्दा हृदय नाच्दो रहेछ।

हामी नेपाली जहाँ पनि रमाउन सक्छौँ। समय र परिस्थितिअनुसार आफूलाई ढाल्छौँ। खाडीको तातो होस् या हेलम्बुको चिसो।

विद्यार्थी भाइबहिनीहरू हुरुरु आए। आफूले पढ्दै गरेको पाठ्यपुस्तकमा भएको कविता लेख्ने कविहरूलाई आँखैअगाडि देख्दा उनीहरूको मुहारमा उत्साह छ। कतिमा कौतूहल पनि देखियो। देवी नेपाल सर र रामप्रसाद ज्ञवाली सरले कक्षा ६ र ७ को पाठ्यपुस्तकमा भएको आफ्नै कवितावाचन गर्दा विद्यार्थीको उत्साह र खुसी झन् उचालियो।

प्रायः भाइबहिनीहरूको शिरमा ऊनी टोपी देखियो। चैतको महिना छ र छ्यांग आकाशमा टन्टलापुर घाम लागेको छ। यस्तोमा किन लगाएका होलान् न्यानो टोपी भन्ने सोचेँ। तर, हावा यति जोडले चल्दो रहेछ, पातलो क्याप त उडाइहाल्ने। महोत्तरी घर भएका शिक्षकहरूले भन्नुभयो, ‘यहाँ त मौसमको ठेगान नै छैन। अहिले घाम देखिन्छ, तुरुन्तै पानी पर्छ। हिउँ पनि खस्छ।’

यही मौकामा मैले उहाँहरूलाई सोधेँ, ‘तराईको मान्छेलाई यहाँको मौसममा भिज्न कठिन त भएन?’

‘भयो नि। सुरुमा त निकै गाह्रो भएको थियो, अब त बानी परिगयो। यहाँ आएको अहिले त चार वर्ष भइगयो,’ उहाँहरूले सन्तुष्ट मुस्कानसाथ बताउनुभयो।

हामी नेपाली जहाँ पनि रमाउन सक्छौँ। समय र परिस्थितिअनुसार आफूलाई ढाल्छौँ। खाडीको तातो होस् या हेलम्बुको चिसो।

हामी त खासमा लालीगुराँस रहेछौँ। हामीलाई फाँटहरूले मात्र कहाँ पुग्छ र। हामी त भीरमा पनि फुल्छौँ। हाँसो मात्र होइन, पीरमा पनि मुस्काइदिन्छौँ।