काठमाडौँ
००:००:००
१४ असार २०८३, आईतवार

२ बैशाख २०८३
अ+
अ-

वासिंटन। अमेरिकाले आगामी दिनमा मध्यपूर्वमा थप सेना पठाउने योजना बनाएको छ। अमेरिकी अखबार वासिंटन पोस्टले अधिकारीहरूलाई उद्धृत गर्दै यसबारे समाचार प्रकाशन गरेको छ।

डोनाल्ड ट्रम्प प्रशासनले इरानमाथि दबाब बढाउन र सम्झौतामा पुग्ने प्रयासका रूपमा यो कदम चालेको विश्वास गरिन्छ।

समाचार एजेन्सी रोयटर्सले पनि यस्तै समाचार सामग्री प्रकाशन गरेको छ। यसबारे अहिलेसम्म स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको बीबीसीको समाचारमा जनाइएको छ।

अर्कोतर्फ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग दोस्रो चरणको वार्ताको सम्भावना व्यक्त गरेका छन्। -बीबीसी