काठमाडौँ
००:००:००
१४ असार २०८३, आईतवार

३ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति पदमा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले मनोनयन दर्ता गरेका छन्।

बिहीबार कांग्रेस संसदीय दलले लेखा समितिको सभापतिमा खड्काको नाम सिफारिस गर्ने निर्णय गरेको थियो।

आज प्रतिनिधिसभाका संसदीय समितिमा मनोनयनको कार्य तालिका छ।

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दल
कांग्रेसलाई दिने निर्णय गरेको थियो।