अनुभूति
जीवनमा पहिलो पटक अचम्मित पार्दै प्राप्तिको चाहना जगाउने प्रिय साथीको कथा
सन् १९२० को दशकमा जन्मिएको टेलिभिजन नेपाली घरआँगनसम्म आइपुग्न झन्डै ६ दशक लाग्यो। १९९० को दशकमा जन्मिएकी मलाई त्यो ‘जादुमयी बट्टा’ सँग जम्काभेट हुन जम्मा ६ वर्ष पनि कुर्नुपरेन। १९७० को दशकका बा र मेरो एकै समयमा टेलिभिजन (टीभी)सँग साक्षात्कार भयो।
काठमाडौँमा जन्मिए पनि आर्थिक र पारिवारिक कारणले बाले मलाई १५ महिना कान्छी बहिनी र आमासँगै रामेछाप लगेर राखिदिनुभयो। तीन वर्ष रामेछापमा बिताएपछि हामी काठमाडौँ फर्कियौँ। क्षेत्रपाटीमा कोठा लिएर बस्न थाल्यौँ। त्यहीँ नै मैले जीवनमा पहिलो पटक टीभीसँग भेट भयो।
त्यस समय निम्नवर्गीय परिवारका लागि आफ्नै टीभी हुनु ‘आकाशको फल आँखा तरी मर्’ झैँ थियो। त्यसैले टीभी भएको छिमेकी पर्नु ‘भाग्य’ कै कुरा हुन्थ्यो। हामी त्यस्तै ‘भाग्यमानी’ मा दरियौँ।
हाम्रो छिमेकमा बस्ने एउटा भारतीय परिवारसँग टीभी थियो। त्यहीँ हो– मैले जीवनमा पहिलोपटक टीभी हेरेको।
राति साढे ८ बजेतिर कुनै भगवान्को नाममा धारावाहिक आउँथ्यो। धारावाहिकको नाम त याद छैन, तर टीभीमा अनेकथरी लुगा लगाएका मान्छे देखेर म दंग परेकी थिएँ। हिमालको दृश्य र पछाडि बजिरहेको धुनले आफैँ त्यहाँ पुगेझैँ लागेको थियो, आँखा खुलाको खुलै भएका थिए।
टीभी हेर्दै गर्दा मनमा प्रश्नले घर जमाएको थियो– मैले देखिरहेका मान्छे कहाँ छन् होला? उनीहरूलाई मैले कसरी देखिरहेकी छु? के उनीहरूले पनि मलाई देखिरहेका छन्? अनि सबैभन्दा ठूलो प्रश्न थियो– त्यति सानो बट्टामा उनीहरू कसरी अटाए?
खेल्ने त बहाना मात्रै थियो, कतिबेला रात पर्ला अनि उसकहाँ टीभी हेर्न पाइन्छ भन्ने हुन्थ्यो। यसरी भेट हुनेबित्तिकै टीभीसँग मेरो प्रेम बसेछ, दिनको एक पटक नदेखी नहुनेवाला प्रेम। उसलाई हेरेर दिनरात बिताउन सक्नेवाला प्रेम, कहिल्यै दिक्क नलाग्नेवाला प्रेम।
यस्तै प्रश्नहरूमा घोत्लिँदै, अचम्मित र आनन्दित हुँदै टीभी हेर्दाहेर्दै निदाएछु। बा आएर बोकेर कोठामा लैजानुभयो।
पछिका दिनमा भने बाले खोज्न आउनुपरेन। उहाँ आउनुअघि नै टीभी हेरिसकेर म घर पुग्न थालेँ। उक्त परिवारमा हाम्रै उमेरको केटा थियो। दिनभरि उसैसँग खेल्ने अनि रात परेपछि टीभी हेर्न जाने मेरो दिनचर्या थियो।
खेल्ने त बहाना मात्रै थियो, कतिबेला रात पर्ला अनि उसकहाँ टीभी हेर्न पाइन्छ भन्ने हुन्थ्यो। यसरी भेट हुनेबित्तिकै टीभीसँग मेरो प्रेम बसेछ, दिनको एक पटक नदेखी नहुनेवाला प्रेम। उसलाई हेरेर दिनरात बिताउन सक्नेवाला प्रेम, कहिल्यै दिक्क नलाग्नेवाला प्रेम।
त्यसैबीच बहिनी र म एकैपटक स्कुल भर्ना भयौँ। हाम्रो दैनिकी फेरियो, टीभी हेर्ने तालिका पनि बन्द भयो। छिटै गृहकार्य सकेर टीभी हेर्न जाने मेरो योजना थियो, त्यो पनि सफल हुन सकेन। स्कुलबाट फर्केर खाजा खाएपछि साँझ बासँग बसेर गृहकार्य गर्नुपर्ने नियम बन्यो। यसरी पिरती बसेको छोटो समयमै टीभीसँग मेरो बिछोड भयो। म साह्रै न्यास्रिएँ।
गृहकार्य दिएर बाले भन्नुहुन्थ्यो, ‘यति लेख्न नजानेसम्म कतै जान पाउनेवाला छैनौ।’ म हतार हतार लेखेर देखाउँथेँ, माया लागेर टीभी हेर्न जान दिनुहुन्छ कि भनेर। तर, त्यस्तो भएन। जब दिदीबहिनी नै अक्षर चिनेर गृहकार्य गर्न सक्ने भयौँ, तब हतार हतार गृहकार्य सकेर बा आउनुअघि नै टीभी हेर्न दौडिन थाल्यौँ।
खासमा हामी सधैँ अरूको घरमा टीभी हेर्न जाँदा बालाई निकै अप्ठ्यारो लागेको रहेछ। उहाँले एकदिन भन्नुभयो, ‘अब त्यहाँ जानै पर्दैन, गयौ भने खुट्टा भाँचिदिन्छु।’
खासमा हामी सधैँ अरूको घरमा टीभी हेर्न जाँदा बालाई निकै अप्ठ्यारो लागेको रहेछ। हामीले के जान्नु? बालाई टीभीवालाले केही भने कि, उहाँले एकदिन भन्नुभयो, ‘अब त्यहाँ जानै पर्दैन, गयौ भने खुट्टा भाँचिदिन्छु।’
हामीलाई पर्यो फसाद। त्यहाँ नगए कहाँ जानु? अन्त टीभी थिएन। छ्यापछ्याप्ती भएको भए पो अन्त जानु। मलाई भित्रभित्रै निकै रिस उठ्यो, तर भन्न के सक्नु! ठुस्स पर्यो, बस्यो।
कालो दालको कथा
मेरी बहिनीलाई कालो दाल असाध्यै मन पर्थ्यो। घरमा प्रेसर कुकर थिएन, डेक्चीमा कालो दाल सजिलै पाक्दैनथ्यो। त्यसैले ममीले सधैँ रातो दाल मात्र पकाउनुहुन्थ्यो, कि त तरकारीमै झोल हाल्नुहुन्थ्यो।
बहिनी कालो दालका लागि जिद्दी गरिरहन्थी। मलाई रातो, कालो वा हरियो जस्तो भए पनि खान पाए पुग्थ्यो। दालको स्वादमा त्यत्रो भिन्नता मैले कहिल्यै महसुस गरिनँ, त्यसैले बहिनीको जिद्दीमा खासै मतलब पनि राखिनँ।
एकदिन ममीले भात पस्केर बहिनीको अगाडि थाल राखिदिनुभयो। बहिनीले थालमा आफूले खोजेको रङको दाल देखिन। उसलाई यति रिस उठेछ कि भातको थाल तीन हात पर पुग्ने गरी हुत्याइदिई। ५-६ वर्षकी सानी नानीको पनि कत्रो रिस!
बाले रिसाएर भन्नुभयो, ‘मलाई पिर्न जन्मेका राक्षसहरू! बाउलाई कति गाह्रो छ भन्ने बुझ्नु छैन, टीभी चाहियो रे! गाउँमै लगेर राखिदिन्छु, अनि बल्ल खान्छौ, र हेर्छौ टीभी। मात्तिएका असत्तीहरू!
बालाई साह्रै रिस उठेछ। उहाँले बहिनीलाई निकै गाली गर्नुभयो र सात दिनसम्म भात खान नदिने सजाय सुनाउनुभयो। ममीले भने फकाएर खान दिन खोज्नुभयो, तर उसले मान्दै मानिन। बाले सम्झाउन खोज्नुभयो, तर बहिनीले त्यो दिन एक गाँस पनि भात खाइन। बा चुपचाप उठेर हिँड्नुभयो।
साँझ कताबाट पैसा सापटी लिएर हो कुन्नि, बा प्रेसर कुकर बोकेर घर छिर्नुभयो। बहिनी खुसीले गद्गद भई। म भने अचम्ममा परेँ। उसले हठ गरेकै भरमा घरमा प्रेसर कुकर आइपुग्यो। मेरो दिमागमा तुरुन्तै एउटा कुरा खेल्यो– अब म पनि टीभी ल्याइदिन भन्छु।’
मेरो स्वभाव हठ वा जिद्दी गर्ने खालको थिएन। त्यसैले कुनै कुराको माग कसरी गर्ने र त्यसका लागि कस्तो हठ गर्ने भन्ने पनि थाहा थिएन। मलाई बरु यस्तो लाग्यो– बहिनीले कालो दाल खान जिद्दी गर्नुको साटो टीभी हेर्न पाऊँ भनेर माग राखेकी भए पूरा हुने रहेछ।
घरमा प्रेसर कुकर आएपछि हामी सबैले कालो दाल खान पायौँ। तर, मेरो बालमस्तिष्कमा एउटै कुरा खेलिरहेको थियो– बिहानसम्म पैसा छैन भनिरहनुभएका बाले बेलुका प्रेसर कुकर ल्याउनुभयो। उहाँले चाहे त घरमा टीभी पनि आउन सक्ने रहेछ!
बेलुका खाना खाइसकेपछि बा फेरि हामीलाई पढाउन बस्नुभयो। मेरो भने ‘टीभी ल्याउने कुरा कहाँबाट सुरु गरूँ’ भन्ने ध्याउन्न थियो। आफ्नै मनको संसारमा डुलिरहेकाले बाले पढाउँदै गर्दाको आवाज मेरो कानसम्म आइपुग्दै पुगेन। लाग्यो– म आवाजविहीन (म्युट) टेलिभिजन हेरिरहेछु।
विश्वज्योति हलमा पहिलो पटक साथी फिल्म हेर्ने संयोग जुर्यो। सानो टीभीले त मलाई त्यति मोहनी लगाएको थियो भने, आम्मामामा ठूलो पर्दा! ठूला ठूला मान्छेहरू बोलेका, हाँसेका र नाचेका देख्दा म त दंग परेँ!
अन्ततः त्यो शून्यता चिर्दै एकाएक बोलेँ, ‘बाले टीभी ल्याइदिनुभएन भने म पनि भोलिदेखि भात खान्नँ!’
भन्न त भनेँ तर बाका फैलिएका आँखाले मलाई खाउँला झैँ हेरेको तुरुन्तै चाल पाएँ। बा हामीलाई गाली मात्र गर्नुहुन्थ्यो, हात उठाउने काम भने ममीको हुन्थ्यो। ममी नभएको मौका पारेर बोलेकी हुनाले कुटाइ खाइँदैन र गालीले मरिँदैन भन्ने सोचेर खासै डराइनँ।
बा भने रिसाउनुभयो। भन्नुभयो, ‘मलाई पिर्न जन्मेका राक्षसहरू! बाउलाई कति गाह्रो छ भन्ने बुझ्नु छैन, टीभी चाहियो रे! गाउँमै लगेर राखिदिन्छु, अनि बल्ल खान्छौ, र हेर्छौ टीभी। मात्तिएका असत्तीहरू! बहिनी सानी छे, उसलाई जिद्दी गर्नु हुँदैन भनेर सम्झाउली भनेको त पालैपालो पिर्ने? तँ ठूली भएकीले बुझ्नु पर्दैन?’
बाले यसो भन्दै आमालाई बोलाउन थालेपछि भने मेरो सात्तो गयो। भाँडा माझ्दै गरेकी आमाले यो सुन्नुभयो भने मेरो खैरियत छैन भन्ने लागेर हतार हतार भनेँ, ‘ल ल बा, बुझेँ मैले।’
राति निदाउने बेला आमाबाले हाम्रैबारे गाइँगुइँ कुरा गरेको सुनेँ, तर कुरा प्रस्ट बुझिनँ। मेरो मनमा भने एउटा रिस गुम्सिरहेको थियो– बहिनी चाहिँ सानी, म चाहिँ कत्ति न ठूली! मलाई बहिनी सानी भएको यादै थिएन। मैले थाहा पाउँदादेखि ऊ मै जत्रो थिई, जसलाई सबैले बहिनी भन्न सिकाएका मात्र थिए।
एकदिन देखेँ– ठूलोबाका छोरा र बाले कनीकुथी गर्दै भर्याङबाट तन्नामा बेरिएको चारपाटे ‘जिनिस’ उचाल्दै कोठातिर ल्याइरहेको। दुई जना बलिया मान्छेले बोक्दा पनि यति गह्रौँ हुने चिज के होला भन्ने जिज्ञासा लाग्यो।
दुईचार दिन त्यत्तिकै बित्यो। बालाई मैले त्यो दिन ‘भात खान्नँ’ भनेको मनमा बिझेछ। शनिबारको दिन पारेर बाले हामीलाई सिनेमा देखाउन लैजानुभयो। विश्वज्योति हलमा पहिलो पटक साथी फिल्म हेर्ने संयोग जुर्यो। सानो टीभीले त मलाई त्यति मोहनी लगाएको थियो भने, आम्मामामा ठूलो पर्दा! ठूला ठूला मान्छेहरू बोलेका, हाँसेका र नाचेका देख्दा म त दंग परेँ!
त्यसमाथि फिल्ममा कुकुर पनि रहेछ। मलाई फिल्मको कुकुर निकै मन पर्यो। घर फर्किंदा बाटोमा भेटिएका हरेक कुकुर मलाई फिल्मकै जस्ता लाग्न थाले। बाटोमा मैले बालाई एकै सासमा सोधेँ, ‘हामीले यो कसरी हेर्न पाएको? मान्छेहरू त्यहाँभित्र कसरी आए? तिनीहरू अहिले कहाँ छन्?’
बाले हाँस्दै भन्नुभयो, ‘सुटिङ गरेर रिलबाट देखाउने त हो नि!’
त्यो कुरा त्यसबेला मेरो बुझाइको क्षमताभन्दा निकै टाढाको थियो। नबुझे पनि एऽऽऽ भनेर कुरा टुंग्याइदिएँ।
म जिज्ञासु स्वभावकी थिएँ, कुनै कुरा अनौठो लागेमा त्यसबारे जान्नैपर्ने, बुझ्नैपर्ने र जरासम्म पुग्नैपर्ने बानी थियो। तर, त्यो रहस्यको जरासम्म पुग्ने बाटो भेट्नै सकिनँ।
यता, टेलिभिजनसँग मेरो भेट निकै पातलिएको थियो, १०-१५ दिनमा एक पटक भेट हुन्थ्यो, त्यो पनि मुस्किलले ५-१० मिनेटका लागि मात्र।
सादा टीभी, रंगीन खुसी
हामी क्षेत्रपाटीबाट कालोपुल डेरा सर्ने भयौँ। मलाई सबैभन्दा पीर टीभीकै लाग्यो। त्यहाँ हुँदा १०-१५ दिनमै भए पनि हेर्न त पाउँथेँ। नयाँ ठाउँमा सरेपछि त्यो अवसर गुम्ने डरले असाध्यै दिक्क लाग्यो। त्यसैले नयाँ ठाउँ सर्ने कुरा पनि मलाई पटक्कै मन परेन।
नयाँ ठाउँमा गएपछि स्कुल फेरियो, साथीहरू फेरिए। नयाँ साथीहरू कसैको घरमा पनि टीभी थिएन। त्यसैले उनीहरू मेरा लागि भएर पनि नभए जस्तै भए।
आधा रातसम्म हाम्रो कोठामा टीभी हेर्न आउनेहरूको ताँती लाग्न थाल्यो। ‘एउटा सानो कोठामा कति जना अटाउनु? ‘सुत्ने बेला भयो’ भन्दा पनि कोठाबाट मान्छेहरू हत्तपत्त निस्कन मान्दैनथे।
एकदिन देखेँ– ठूलोबाका छोरा र बाले कनीकुथी गर्दै भर्याङबाट तन्नामा बेरिएको चारपाटे ‘जिनिस’ उचाल्दै कोठातिर ल्याइरहेको। दुई जना बलिया मान्छेले बोक्दा पनि यति गह्रौँ हुने चिज के होला भन्ने जिज्ञासा लाग्यो। उक्त ‘जिनिस’ कोठाभित्र लगेर खाटमाथि राख्दै बाले ममीलाई भन्नुभयो, ‘पाँच मिनेट ढिलो भएको भए अर्कैले लैजाने नि! सेकेन्ड ह्यान्ड सामान त फुत्किहाल्दो रहेछ। जे होस्, सस्तैमा पाइयो।’
बाले सस्तो वा महँगोको कुरा गरिरहनुभयो, तर मलाई त्यससँग के मतलब? जब त्यो ‘जिनिस’ टीभी हो भन्ने थाहा पाएँ, तब मलाई लागेको खुसी व्यक्त गर्ने शब्द नै छैन। ‘सेकेन्ड ह्यान्ड’ टीभीले हाम्रो घरमा ‘फर्स्ट ह्यान्ड’ खुसी भित्र्याएको थियो। सादा (ब्ल्याक एन्ड ह्वाइट) टीभी घरमा आउँदा मैले कति रंगीन महसुस गरेँ, वर्णन गर्नै सक्दिनँ।
खुसीले गद्गद भइरहेका बेला बाले मतिर हेर्दै चेतावनी दिनुभयो, ‘पढाइ बिग्रियो भने टीभी जताबाट आएको हो, त्यतै बेचिदिन्छु नि!’ मैले ‘हुन्छ’ को भावमा मुन्टो हल्लाएँ।
त्यसपछि मसँग साथी बन्न चाहनेहरूको लर्को लाग्यो। म र बहिनी एउटै कक्षामा पढ्ने भएकाले हाम्रा साथीहरू पनि साझा थिए। आधा रातसम्म हाम्रो कोठामा टीभी हेर्न आउनेहरूको ताँती लाग्न थाल्यो। ‘एउटा सानो कोठामा कति जना अटाउनु? ‘सुत्ने बेला भयो’ भन्दा पनि कोठाबाट मान्छेहरू हत्तपत्त निस्कन मान्दैनथे।
त्यसरी छिमेकीकोमा टीभी हेर्न जाने गरेको थाहा पाएपछि बाले बिग्रिएको टीभी बनाएर ल्याउनुभयो। तर, केबल जोड्ने कुनै संकेत देखिएन। बासँग त्यो कुरा राख्ने आँट पनि मसँग थिएन।
बा हैरान हुनुभयो, आमा दिक्क हुनुभयो। कोठामा मान्छेको चाप दिनानुदिन बढ्दै गयो। आफ्नै कोठा आफ्नोजस्तो रहेन।
तर, त्यस्ता दिन धेरै रहेनन्। बिस्तारै धेरैका घरमा ‘सेकेन्ड ह्यान्ड टीभी’ भित्रिन थाले। एकदुई जनाबाहेक सबै साथी आफ्नै घरको टीभीमा रमाउन थाले। त्यसपछि हरेक बेलुका सबै जना बसेर एक–डेढ घण्टा टीभी हेर्ने परम्परा हाम्रो परिवारमा सुरु भयो।
बाले टीभी हेर्न थालेपछि भने मलाई रिस उठ्न थाल्थ्यो। मलाई समाचार पटक्कै मन नपर्ने, बालाई भने समाचार मात्रै मन पर्ने! शनिबार बिदाको दिन बा पनि घरमै बस्नुहुन्थ्यो। उहाँ बिहानदेखि बेलुकासम्म समाचार मात्रै हेरिरहनुहुन्थ्यो। त्यसैले मलाई लाग्थ्यो– शनिबार त बा घरमा नबसिदिए पनि हुन्थ्यो!
बालाई समाचार औधी मन पर्ने थाहा पाएर एकदिन मैले उहाँको मन राख्नकै लागि भनेकी थिएँ, ‘म ठूली भएपछि समाचार पढ्ने मान्छे बन्छु।’ मेरो कुरा सुनेपछि बाले भन्नुभयो, ‘त्यसका लागि त मजाले पढ्नुपर्छ र उच्चारण पनि प्रस्ट हुनुपर्छ।’ बाले त्यतिबेला भनेको कुराको प्रत्यक्ष प्रभाव अहिले आफूमा देख्छु।
फिल्मको रस
कालोपुल डेरा छोडेर गौरीघाटको संगमचोकमा बसाइँ सर्दा म ७ वर्षकी थिएँ। जहाँ डेरा सरे पनि मलाई खासै फरक पर्नेवाला थिएन। किनकि, घरको टीभी पनि हामीसँगै सरिहाल्थ्यो। त्यतिबेला चाहिँ स्कुल फेरिएर साथीहरू छुट्ने कुराले अलिअलि पीर परेको थियो। पीर पनि परिस्थितिअनुसार फेरिँदो रहेछ।
हामी बस्ने घरमा ३६ वटा कोठा थिए। हरेक कोठामा एउटा परिवार बस्थ्यो। तीमध्ये १५-२० वटा कोठा मधेसबाट काठमाडौँ काम गर्न आउनुभएका दाइहरूले लिनुभएको थियो। उहाँहरूमध्ये एउटाकोमा मात्र टीभी थियो, सामूहिक रूपमा हेर्नुहुन्थ्यो।
त्यहाँ सरेको करिब पाँच महिनापछि हाम्रो टीभी बिग्रियो। बाले बनाउन त लैजानुभयो, तर पैसा अभावका कारण एक महिनासम्म फर्केर आएन। त्यहीबीचमा गर्मी महिनाको बिदा भयो। फुर्सद त भयो, तर घरमा टीभी भएन।
हाम्रो घरसँगै टाँसिएको अर्को घरमा अब्दुल आलम अंकलको परिवार बस्थ्यो। उहाँको ठूलो छोरा हामीसँगै खेल्थ्यो। त्यसैले टीभी हेर्न हामी त्यतै जान थाल्यौँ। दिनभर स्कुल जान नपर्ने भएपछि घरमा गाँस टिप्यो, भाँडाकुँडा माझ्यो अनि टीभी हेर्न हिँडिहाल्यो। दिन नै टीभी हेरेर बित्थ्यो। उहाँको टीभीमा केबल जोडिएको थियो, त्यसैले विदेशी चलचित्र र कार्टुनहरू पनि हेर्न पाइन्थ्यो। त्यो सुविधा आफ्नो घरमा थिएन।
घरमा केबलसहितको टीभी आउँदा जमाना श्यामश्वेतबाट रंगीन बनिसकेको थियो। त्यसैले रंगीन टीभी हेर्न छिमेकीकैमा जानुपर्ने भयो।
आलम अंकलको कोठा एउटा मात्रै थियो, आधाभन्दा बढी भाग खाटले ओगटेको थियो। हामी भुइँमा बसेर टीभी हेर्थ्यौं। कहिलेकाहीँ उहाँहरू कतै जान पर्दा हामीलाई ‘अब निस्क’ भन्नुहुन्थ्यो, तर म भने १५ मिनेट जति नसुनेझैँ गरेर बसिरहन्थेँ।
त्यसरी छिमेकीकोमा टीभी हेर्न जाने गरेको थाहा पाएपछि बाले बिग्रिएको टीभी बनाएर ल्याउनुभयो। तर, केबल जोड्ने कुनै संकेत देखिएन। बासँग त्यो कुरा राख्ने आँट पनि मसँग थिएन।
एकाएक मलाई आफ्नै कोठामा भएको टीभी मन पर्न छोड्यो। केबलमा च्यानलहरू फेर्दै हेर्ने बानी परिसकेकाले मलाई नेपाली च्यानल मात्र आउने घरको टीभी बालाई समाचार हेर्न मात्र ठिक छ जस्तो लाग्न थालेको थियो।
शुक्रबारको आधा दिन र शनिबार टीभी हेर्ने समय पाइन्थ्यो। त्यतिबेला नेपाल टेलिभिजनबाट शुक्रबार बेलुका र शनिबार दिउँसो फिल्म प्रसारण हुन्थे। त्यस्ता फिल्म र केही टेलिफिल्म हेर्नुबाहेक मलाई घरको टीभीसँग सरोकार हुन छोड्यो।
टीभी बिग्रिने क्रम बढ्दै गयो। अन्ततः हाम्रो पढाइ बिग्रियो भन्ने बहानामा बाले टीभी नै बेचिदिनुभयो। तर, आलम अंकलकोमा गएर केबल टीभी हेर्ने शृंखला भने कायमै रह्यो।
हाम्रो कोठासँगैका दुई वटा कोठामा पनि टीभी आएको थियो, तर केबल जोडिएको थिएन। मलाई केबलविनाको टीभीसँग मोहभंग भइसकेको थियो।
त्यतिबेला डेक (भीसीआर) र भीसीडी भाडामा ल्याएर फिल्म हेर्ने प्रचलन बढेको थियो। कसैकोमा डेक ल्याएको थाहा पाउनेबित्तिकै सानोतिनो काम सघाइदिएर ‘प्रिय’ बनिहाल्थेँ। एक पटक उनीहरूको प्रिय पात्र बनेपछि फिल्म हेर्न नपाउने कुरै भएन। आफ्नो घरमा टीभी नभएपछि मेरो डुलुवा प्रवृत्ति झनै बढेको थियो।
बाबाट कहिल्यै कुटाइ नखाएकी मैले टीभीकै कारण कठोर सजाय भोग्नुपर्यो। म लाजले रुन पनि सकिनँ। भिजेको कपडा फेरेँ र चुपचाप सुतेँ।
छिमेकी दाइहरू पनि शनिबार डेक भाडामा ल्याएर फिल्म हेर्नुहुन्थ्यो। आमाबाले त्यहाँ गएको थाहा पाएमा मैले कुटाइ खाने पक्का थियो, किनकि त्यहाँ पुरुषहरू मात्र हुन्थे। बहिनीका साथमा म अलि टाढै बसेर उनीहरूले चलाएका फिल्म हेर्थें। उहाँहरू प्रायः मिथुन चक्रवर्तीका फिल्म चलाउनुहुन्थ्यो, जो मलाई पनि निकै मन पर्थ्यो। शनिबारको खाना खाएपछि दुई घन्टा जति फिल्म हेर्ने उहाँहरूले चलन जस्तै बनाउनुभएको थियो।
दाइहरू आठदस जना जम्मा भएपछि हामीलाई ‘अब फिल्म सकियो, तिमीहरू घर जाओ’ भन्दै बाहिर निकालेर ढोका थुनिदिनुहुन्थ्यो। यो सिलसिला दुईतीन हप्तासम्म दोहोरिएपछि मलाई रिस उठ्यो। मेरो दिमागमा कुरा खेल्यो– ‘हामीलाई निकालेर यिनीहरू पक्कै झन् राम्रो फिल्म हेर्छन् होला!’
म ‘जा’ भनेपछि गइहाल्ने खालकी थिइनँ। एकदिन उनीहरूले के चाहिँ हेर्दा रहेछन् भनेर मैले ढोकाको सानो प्वालबाट भित्र चियाएँ। टीभी ढोकातिरै फर्किएको थियो, तर प्वाल सानो भएकाले मैले पूरै देख्न सकिनँ। आवाज पनि सुनिएको थिएन।
मुस्किलले देखिएको त्यो दृश्य ठ्याक्कै के हो भनेर ठम्याउन मलाई निकै कठिन भयो। किनकि, त्यस्तो दृश्य मैले जीवनमा पहिलो पटक देखिरहेकी थिएँ। उनीहरूले हेर्ने फिल्म कस्तो रहेछ भन्ने बुझ्न मैले आफ्नो युवावस्था नै कुर्नुपर्यो।
कुटाइपछिको खुसी
कान्छी बहिनी जन्मिएपछि मेरो जिम्मेवारी थपियो– बहिनीलाई हेर्ने र सम्हाल्ने। बहिनी बोकेर हिँडेपछि मलाई जहाँ गए पनि कसैले गाली गर्दैनथे। त्यसैले स्कुलबाट आउनेबित्तिकै बहिनी बोकेर कसै न कसैको घरमा टीभी हेर्न दौडिन्थेँ।
आमाले बालाई यसबारे कुरा लगाइसक्नुभएको थियो। तर, मेरो पढाइ पनि राम्रो भएकाले उहाँले मलाई गाली गर्ने कुनै ठोस बहाना भने भेट्नुभएको थिएन।
एकरात छिमेकीकोमा टेलिफिल्म ‘हिजोआजका कुरा’ हेर्न पुगेकी थिएँ। खानासमेत नखाई टीभी हेर्न पुगेकी मलाई न भोकको वास्ता थियो, न निद्राको। बाले मलाई बोलाउन बहिनीलाई पठाउनुभएको रहेछ। बहिनी तीन पटकसम्म मलाई लिन आई, तर टेलिफिल्म सकिएर ‘क्रमशः’ नआएसम्म म त्यहाँबाट निस्कनेवाला थिइनँ। मलाई थाहा थियो– बाले त गाली मात्र गर्ने हो, पिट्ने त आमाले नै हो, त्यो पनि बा नभएका बेला मात्र! त्यसैले म ढुक्कसँग टेलिफिल्म सकेर मात्रै आफ्नो कोठामा फर्किएँ।
टीभी र फिल्मको प्रभाव ममा त्यतिबेलैदेखि प्रगाढ थियो। पर्दामा देखेकै आधारमा मेरो मानिसहरूप्रति धारणा बन्न थालेको थियो। ठूलो शरीर भएका र दारी-कपाल पालेका मानिसहरूलाई म ‘भिलेन’ देख्थेँ। चिटिक्क परेका, हँसिला र सफा लुगा लगाउने गोरो मानिस मेरा लागि ‘हिरो’ हुन्थे।
कोठाको ढोकापछाडि जुठा भाँडाहरू राख्ने एउटा ठूलो बाटा थियो। त्यसनजिकै तीन वटा काठका कुर्सी र खाना खानका लागि मुढाहरू राखिएका थिए। बा खाना खाँदै हुनुहुँदो रहेछ। पुग्नेबित्तिकै जुठै हातले मेरो कपाल भुत्ल्याउँदै त्यही जुठो भाँडा माझ्ने बाटातिर हुत्याइदिनुभयो।
त्यो मेरा लागि कल्पनाबाहिरको घटना थियो। बाबाट कहिल्यै कुटाइ नखाएकी मैले टीभीकै कारण कठोर सजाय भोग्नुपर्यो। म लाजले रुन पनि सकिनँ। भिजेको कपडा फेरेँ र चुपचाप सुतेँ। बाले थप केही भन्नुभएन।
त्यस घटनाको दुईतीन दिनपछि घरमा फेरि टीभी आयो। त्यसबेला त केबल जोड्ने मान्छे पनि सँगै थिए। टीभी हेर्न अन्त कतै जानुनपर्ने कुराले मलाई निकै आनन्दित तुल्यायो।
रंगीन रहर
मानिसका आवश्यकता पनि सपना जस्तै हुँदा रहेछन्, एउटा पूरा हुन नपाउँदै अर्को थपिइहाल्ने! त्यसमाथि पनि मेरो आवश्यकता पूरा हुन यति लामो समय लाग्थ्यो कि, त्यतिन्जेलसम्म नयाँ प्रविधिको विकास भइसकेको हुन्थ्यो। पछिल्लो पटक घरमा केबलसहितको टीभी आउँदा जमाना श्यामश्वेतबाट रंगीन बनिसकेको थियो। त्यसैले रंगीन टीभी हेर्न छिमेकीकैमा जानुपर्ने भयो।
घरमा टीभी भए पनि बाहिर जाने सिलसिला नरोकिएपछि ममी दिक्क भएर मलाई चड्कन लगाउनुहुन्थ्यो। चड्कन खानेबित्तिकै रुँदै घुर्क्याउँदै घर छोडेर कता कता हिँडिदिन्थेँ।
एकदिन त्यस्तै भयो। ममीको गतिलो गोदाइले रनथनिएपछि घर छोडेर हिँडेँ। हुन त घर छोडेर हिँडे पनि एकदुई घण्टापछि भोक लाग्थ्यो र घर फर्किन बाध्य हुन्थेँ। कहिलेकाहीँ भाउजूकोमा जान्थेँ। त्यहाँ एकदुई पटक गइसकेकाले त्यसपालि त्यता जानु उचित लागेन। अन्त कतै जाने ठाउँ थिएन।
छिमेकीकोमा गएर टीभी हेर्ने त्यस समयको जस्तो भाइचारा अहिलेको समयमा असम्भव बनेको छ। ‘प्राइभेसी’ (गोपनीयता)ले मानिसलाई एउटै घरभित्र पनि अपरिचित बनाउन थालेको छ।
के गर्ने, कसो गर्ने भएपछि मैले निर्णय लिएँ– यताउताको बाटो हिँड्दा हराउन सकिन्छ, त्यसैले सिधा हिँड्छु। हिँडेको हिँड्यै गर्छु, जहाँसम्म पुगिन्छ पुगिन्छ। त्यो अठोटपछि मेरो यात्रा संगमचोकबाट टुसालतिर सोझियो। हिँड्दै जाँदा म एउटा ठूलो भवनअगाडि पुगेँ, जहाँ निकै भिडभाड थियो। भवनमा लेखिएको थियो– पृथ्वी चलचित्र मन्दिर।
एउटा भक्तले भव्य मन्दिर आफैँले पत्ता लगाए जस्तो भयो मलाई। ओहो, त्यहाँ त फिल्म हल पो रहेछ! टीभी र डेकमा मात्र फिल्म हेरेकी मलाई त्यो ठूलो हल देख्दा अनौठो लाग्यो। भित्र पसेर निरीक्षण गरेँ। टिकट काट्ने ठाउँ, हलभित्र छिर्ने ढोकालगायत सबै कुरा नियालेँ। त्यतिबेला ठ्याक्कै कुन फिल्म चलेको थियो भन्ने त सम्झना छैन, तर फिल्म हेर्नुपर्छ भन्ने अठोट चाहिँ लिएँ। रुँदै घरबाट निस्किएकी म फर्कंदा खुसी भएकी थिएँ।
मैले सिनेमा हल पत्ता लगाएको कुरा सबैलाई सुनाएँ। करिब एक महिनासम्म मेरो कामै त्यही भयो। मेरो दिमागमा त्यही हल मात्र खेलिरह्यो। सपनामा पनि हलमै फिल्म हेर्न गएको देख्थेँ। अचम्म त के भने, त्यहाँ हल छ भन्ने कुरा मेरो घरमा पनि कसैलाई थाहा रहेनछ। एकदिन त्यहाँ फिल्म हेर्न जाने सल्लाह भयो र बाटो मैले नै देखाउन पाएँ। मलाई कुनै ठूलो युद्ध जिते जत्तिकै गर्व महसुस भयो। पछि स्कुलमा कोलम्बसले अमेरिका पत्ता लगाएको कुरा पढ्दा मलाई लागेको थियो– मैले पृथ्वी हल पत्ता लगाए जस्तै कोलम्बसले अमेरिका पत्ता लगाए होला!
सहपात्रकोे सम्झना
मैले टीभीमा हेर्ने शृंखला र फिल्ममा हँसाउने पात्रहरूको जुँगा नाकको मुनि मात्र हुन्थ्यो। खासमा चार्ली च्याप्लिनबाट प्रभावित भएर त्यस्तो जुँगा राखिएको रहेछ, तर बच्चा बेलामा के थाहा! वास्तविक जीवनमा त्यसरी जुँगा राख्ने छोरामान्छे देखेकी थिइनँ। मलाई लाग्थ्यो– टीभीबाहिरका मान्छेहरूले पनि त्यसैगरी जुँगा राखेर हँसाउनु नि, सबै किन रिसाहा देखिने गरी मात्र जुँगा राख्छन् होला?
एक पटक मैले बालाई यो कुरा भनेकी पनि थिएँ। बा सधैँ झुसिल्किरा जत्रो मोटो जुँगा राख्नुहुन्थ्यो। मेरो कुरा सुनेर बाले हाँस्दै भन्नुभयो, ‘म के जोकर हुँ र त्यस्तो जुँगा राख्नलाई?’ मलाई अचम्म लाग्यो– टीभीबाहिर कतै नदेखिने ती मान्छेहरू चाहिँ कहाँ बस्छन् होला? अनि जोकरको जस्तो जुँगा अरूले किन राख्न नहुने हो?
टीभी हेर्दा मेरो बालमस्तिष्कमा यस्ता धेरै प्रश्न उब्जिन्थे। कतिको उत्तर पाउँथेँ, कतिको पाउँदिनथेँ। तर, टीभी र फिल्मको प्रभाव ममा त्यतिबेलैदेखि प्रगाढ थियो। पर्दामा देखेकै आधारमा मेरो मानिसहरूप्रति धारणा बन्न थालेको थियो। ठूलो शरीर भएका र दारी-कपाल पालेका मानिसहरूलाई म ‘भिलेन’ देख्थेँ। चिटिक्क परेका, हँसिला र सफा लुगा लगाउने गोरो मानिस मेरा लागि ‘हिरो’ हुन्थे। त्यसैगरी, ठूलो भुँडी भएका, ठूलो स्वरले कराउने र ठूला आँखा भएकाहरूलाई म ‘शोषक’ देख्थेँ। मधुर स्वर भएका, कपाल झरेका र दुब्ला-पातला मानिसहरू मेरा लागि ‘पीडित’ थिए।
कसैले आफूलाई दमन गर्न खोज्छ भने त्यो अन्याय हो र अन्याय सहनु हुँदैन भन्ने कुरा मैले टीभी हेरेरै सिकेकी हुँ। नत्र त मैले लामो समयसम्म अन्याय सहेरै बस्नुपर्थ्यो होला। किनकि, आफूलाई कसैले नराम्रो गर्छ भने त्यसको विरुद्ध बोल्नुपर्छ भन्ने होइन, धेरै बोलेर शत्रु कमाउनुभन्दा सहेरै जितिन्छ भन्ने अर्ती-उपदेश नै मैले बढी सुन्दै आएकी थिएँ। तर, पर्दाका कथाहरूले मलाई अन्यायविरुद्ध आवाज उठाउन प्रेरित गरे।
त्यतिबेला टीभीमा प्रसारण हुने प्रत्येक कार्यक्रम, धुन र त्यहाँ आउने व्यक्तिको सम्झनाले मलाई सजिलै त्यही समयमा पुर्याउँछन्। म पूर्णतः ‘नोस्टाल्जिक’ बन्न पुग्छु। मेरो बालापनको केन्द्रीय पात्र आफैँ भए पनि सहपात्र भने टीभी नै थियो भन्दा फरक नपर्ला। वास्तवमा, मलाई पहिलो पटक अचम्मित पारेर प्राप्त गर्ने चाहना जगाउने बाल्यकालको प्रिय साथी थियो– टीभी।
अहिले पनि मलाई टीभीसँग सम्बन्धित स्मृतिले छुट्टै आनन्द दिन्छ। हुन त हरेक कालखण्डका आफ्नै विशेषता र महत्त्व हुन्छन्। तीसँग जोडिएका मीठा सम्झनाहरू हुन्छन्। आज सबैका हात हातमा मोबाइल छन्। जसलाई जे हेर्न मन लाग्यो, त्यही हेर्न सकिन्छ। उमेरअनुसार युट्युबमा ‘सर्च लिस्ट’ भेट्न सकिन्छ। समयसँगै आउने परिवर्तनलाई स्वीकार गर्दै त्यसअनुरूप ढल्दै जानु पनि पर्छ। तर, कता कता मोबाइल आएपछि परिवारका सबै सदस्य एकीकृत भएर टीभी हेर्ने संस्कार हराउँदै गएको छ। आफ्नो इच्छा र रुचिअनुसारको स्वाद लिन पाएपछि अरू कसैको ‘रिमोट’ को अधीनमा रहन कसलाई मन लाग्छ र?
छिमेकीकोमा गएर टीभी हेर्ने त्यस समयको जस्तो भाइचारा अहिलेको समयमा असम्भव बनेको छ। ‘प्राइभेसी’ (गोपनीयता)ले मानिसलाई एउटै घरभित्र पनि अपरिचित बनाउन थालेको छ। कोही कसैको घरमा अबेरसम्म बस्ने कुरा त परै जाओस्, दिउँसै केही भन्न जान पनि अप्ठ्यारो महसुस हुन थालेको छ। समयअनुसार बनेका नियम नै पछि गएर संस्कार बन्छन्। सायद, अहिले हामी एक्लोपनको संस्कार निर्माण गर्दै छौँ। यस्तो बेला मलाई भने टीभीकालीन समयको सामूहिकता याद आइरहन्छ।