काठमाडौँ
००:००:००
३१ जेष्ठ २०८३, आईतवार

सेयरबजार

१.७७ अंकले बढेको नेप्सेमा तीन अर्बको कारोबार

१ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। साताको पाँचौँ तथा अन्तिम कारोबार दिन आज (शुक्रबार) नेप्से झिनो अंकले बढेको छ। यो साता सोमबार र शुक्रबार मात्र नेप्से बढ्यो। मंगलबार‚ बुधबार र बिहीबार भने नेप्से ओरालो लाग्यो। आजको दिनमा नेप्से बढे पनि कारोबार रकम भने घटेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १.७७ अंकले बढेको छ। अघिल्लो कारोबार दिन (बिहीबार) भने नेप्से १०.०७ अंकले घटेको थियो। यस्तै बुधबार ४.१५ अंक र मंगलबार ३९.४४ अंकले नेप्से घटेको थियो। सोमबार भने नेप्से ३८.१९ अंकले बढेको थियो।

अघिल्लो कारोबार दिनको तुलनामा आज ०.०६ प्रतिशतले बढेको नेप्से २७३१.९४ विन्दुमा रोकिएको छ। आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ०.३४ अंकले बढेर ४६७.५५ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.०७ प्रतिशतले बढी हो। यस्तै फ्लोट इन्डेक्स ०.०२ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०५ प्रतिशतले बढेको छ।

सेयरबजारमा शुक्रबार ३३८ कम्पनीको ४३ हजार ६७३ पटकको कारोबारमा ७९ लाख ३४ हजार ४३४ कित्ता सेयर किनबेच भए। जसअनुसार शुक्रबार तीन अर्ब नौ करोड ७९ लाख ३७ हजार ४८६ रुपैयाँको कारोबार भयो।

बिहीबार भने तीन अर्ब २९ करोड दुई लाख ४४ हजार ६१९ रुपैयाँको कारोबार भएको थियो। बुधबार दुई अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपैयाँको कारोबार भएको थियो भने मंगलबार चार अर्ब ६६ करोड ५० लाख २० हजार ६७७ रुपैयाँको कारोबार भएको थियो। सोमबार चार अर्ब ६१ करोड ३५ लाख ६३ हजार ६३५ रुपैयाँको कारोबार भएको थियो।

सेयर बजारमा आज १२७ कम्पनीका सेयरमूल्य बढे। १२० कम्पनीका सेयरमूल्य ओरालो लाग्दा २२ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहको कारोबार भएकामा सात समूहका सूचक बढे भने बाँकी ६ समूहका उपसूचक घटे।

जसअनुसार बुधबार वाणिज्य बैंक समूहको सूचक ०.१३ प्रतिशतले बढ्यो भने विकास बैंक समूहको सूचक ०.०४ प्रतिशतले घट्यो।

यस्तै फाइनान्स ०.३७‚ होटेल तथा पर्यटन ०.२८ र जलविद्युत् समूहको सूचक ०.०६ प्रतिशतले बढ्यो। लगानी ०.२७‚ जीवन बिमा ०.१६‚ उत्पादन तथा प्रशोधन ०.११‚ लघुवित्त ०.१७ र म्युचुअल फन्ड समूहको उपसूचक ०.३३ प्रतिशतले घट्यो।

यसैगरी निर्जीवन बिमा ०.६४‚ अन्य ०.१९ र व्यापार समूहको उपसूचक ०.३३ प्रतिशतले बढ्यो।

नेप्सेमा शुक्रबार एनआईबीएल डिबेन्चर २०८९ का लगानीकर्ताले ७.७१ प्रतिशतले आम्दानी गरे। युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १४.७९ प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रह्यो। आज युनियनको ३० करोड ६६ लाख ४९ हजार ५२७ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा पनि युनियन हाइड्रोपावर लिमिटेड अगाडि रह्यो। यसको आज ६ लाख ५७ हजार ३० कित्ता सेयर किनबेच भयो। युनियनको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ४५५ रुपैयाँ कायम रह्यो।