काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले सिंगापुरमा हुने मेन्स एसियन गेम्स क्वालिफायर २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ।
प्रतियोगिता ३१ मेदेखि ९ जुनसम्म सञ्चालन हुने प्रतियोगिताका लागि १४ सदस्य नेपाली खेलाडी छनोट गरेको क्यानद्वारा आज (आइतबार) जारी प्रेस विज्ञप्तिमा जनाएको छ।
छनोट हुने टोलीको कप्तानीमा दीपेन्द्रसिंह ऐरी छन्। त्यस्तै टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, सोमपाल कामीलगायतका खेलाडी समावेश छन्। त्यसैगरी करण केसी, आरिफ शेख, शाहब आलम र भीम सार्की पनि टोलीमा छन्।
