काठमाडौँ। कान्तिपुर थिएटरमा ‘महाभारत’ मञ्चन सुरु भएको छ।
कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलोपटक नाटकमा अभिनय गरेका छन्। साथै कलाकार तथा निर्देशक रमेश बुढाथोकी र सुवर्ण थापाको अभिनयले पनि नाटकलाई थप अपेक्षित बनाएको छ।
सन्दीप श्रेष्ठ, प्रतीक चौधरी, सुपज्ञा शर्मालगायत अन्य २० कलाकार पनि ‘महाभारत’का लागि कान्तिपुर थिएटरको मञ्चमा देखिँदै छन्।
भारतीय प्रसिद्ध लेखक कुलदीप कुणालको नाटकलाई नवीन भट्टले नेपाली रूपान्तरण, डिजाइन तथा निर्देशन गरेका हुन्। नाटकको अनुवाद प्रकाश दाहालले गरेका हुन्। सेट डिजाइन तुफान थापा, लाइट डिजाइन दिपेश गजुरेल, सङ्गीत संयोजन तथा गायन अनुप तिमिल्सिना, कोरियोग्राफी अनीष क्षेत्री र निर्माण रमेश पुरीले गरेका छन्।