काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२१ जेष्ठ २०८३
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भ्रमणका लागि भोलि (शुक्रबार) भारत जाँदै छन्।

परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी भारत जान लागेका हुन्।

भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन्। भेटमा व्यापार, लगानी, पूर्वाधार तथा कनेक्टिभिटी, ऊर्जा र जनस्तरका सम्बन्धलगायत आपसी हितका विषयमा छलफल हुने परराष्ट्रले जनाएको छ।

दुवै देशबीच भइरहने उच्चस्तरीय भ्रमण आदान-प्रदानकै निरन्तरताका रूपमा यो भ्रमणलाई हेरिएको मन्त्रालयले जनाएको छ।