काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२१ जेष्ठ २०८३
तस्बिर: क्यान
अ+
अ-

काठमाडौँ। एसियन गेम्स छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध नेपाली टिमका ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन्।

सिंगापुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि भुर्तेलले ४५ बलमा १० चौका र ७ छक्कासहित शतक पूरा गरेका हुन्।

उनको यो लगातार दोस्रो शतक प्रहार हो। यसअघि पहिलो खेलमा नेपालले चीनविरुद्ध ३१३ रनको विशाल योगफल खडा गर्दा भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ४३ बलमा १२९ रन बनाएका थिए। उनले ५ चौका र १६ छक्का प्रहार गरेका थिए।