काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२१ जेष्ठ २०८३
तस्बीर : प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक
अ+
अ-

काठमाडौँ। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका छन् ।

सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच बुधबार भएको भेटवार्ताको क्रममा सभापति लामिछानेले मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिइएको हो।

सो क्रममा प्रधानमन्त्री मोदीले पनि आफू पनि नेपाल भ्रमण गर्न उत्सुक रहेको र चाँडै नै नेपालको भ्रमण गर्ने बताएको भ्रमण दलमा सहभागी एकअधिकारीले जानकारी दिए।

यद्यपी मोदी नेपाल भ्रमणमा आउने वा नआउने निश्चित भएको छैन। यस विषयमा सभापति लामिछाने नेपाल फर्केपछि थप छलफल हुने बुझिएको छ।