काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२१ जेष्ठ २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

रूपन्देही। रोल्पाको माडी गाउँपालिका–०२ घर्तिगाउँस्थित सहिद मार्गको कालापहर क्षेत्रमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

अस्थायी नम्बर प्लेट भएको बोलेरो गाडी सडकबाट करिब ५०० देखि ६०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलमा दुई पुरुष र एक महिलाको शव फेला परेको जनाएको छ भने मृतकहरूको पहिचान खुल्न सकेको छैन।

जस्तापाता र प्लास्टिकका पाइप बोकेको उक्त गाडी दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा थप अनुसन्धान कार्य गरिरहेको छ।