काठमाडौँ
००:००:००
२२ जेष्ठ २०८३, शुक्रबार

२२ जेष्ठ २०८३
अ+
अ-

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोलामा दुई हजार एक सय रुपैयाँले घटेर ३ लाख ९ हजारमा कारोबार भइरहेको छ। यसअघि विहिबार सुनको मूल्य प्रतितोलामा ३ लाख ११ हजार १ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा ५५ रुपैयाँले घटेर तोलाको ५२३० मा कारोबार भइरहेको छ। यसअघि विहिबार चाँदीको मूल्य प्रतितोलामा ५२८५ मा कारोबार भएको थियो।