काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

२४ जेष्ठ २०८३
अ+
अ-

गण्डकी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी निर्वाचित भएका छन्।

शनिबार पोखरामा सम्पन्न पार्टीको जिल्ला अधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी एकराज न्यौपानेलाई एक मतले पराजित गर्दै अधिकारी सभापतिमा निर्वाचित भएका हुन्।

उनी एक सय १५ प्राप्त गरी सभापतिमा चुनिँदा न्यौपानले एक सय १४ मत प्राप्त गरे। कुल दुई सय ९० मतदातामध्ये दुई सय ३३ मत खसेको निर्वाचन समितिले जनाएको छ।

अधिवेशनबाट जिल्ला उपसभापतिमा चिनबहादुर गुरुङ, सचिवमा विश्वराज पौडेल, सहसचिवमा सुजन बस्ताकोटी निर्वाचित भएका छन्।

कोषाध्यक्ष कार्यसमितिबाट पछि मनोनयन गरिने जनाइएको छ।