काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२५ जेष्ठ २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। वैदेशिक रोजगारीका लागि बेलायत पठाउने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका १४ का ६३ वर्षीय हुमबहादुर कुँवर छन्।

काठमाडौँ महानगरपालिका १२ बस्दै आएका कुँवरलाई सोमबार पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता शरतकुमार थापा क्षेत्रीका अनुसार कुँवरले दुई जनाबाट ८८ लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोप छ।

रकम संकलनपछि लामो समय कुँवर फरार भएका थिए। कुँवर बेपत्ता भएपछि पीडित प्रहरीमा पुगेका थिए।

कुँवरलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।