काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२५ जेष्ठ २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। प्रहरीले काठमाडौँको टोखाबाट खैरो हिरोइन र नगद एक लाखसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले २०.६४ ग्राम खैरो हिरोइन र एक लाख १५ हजार नगदसहित सुनसरीको धरान उपमहानगरपालिका १५ स्थायी घर भई अहिले काठमाडौँको टोखा बस्ने ३८ वर्षीय युगसाङ राईलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले निजले कोठामा लुकाइ रोखेको भन्ने गोप्य सूचनाका आधारमा जाँच गर्दा खैरो हिरोइन र नगद फेला परेको जानकारी दिए।

प्रहरीले पक्राउ परेका राईसँग खैरोहिरोइन, नेपाली रुपैयाँका साथै दुई हजार २०० भारतीय रुपैयाँ, एक थान डिजिटल तराजु र एक थान मोबाइल बरामद गरेको छ।

पक्राउ परेका राईका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।