काठमाडौँ
००:००:००
२६ जेष्ठ २०८३, मंगलवार

२६ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ।

दिउँसो १ बजे बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३–०८४ को वार्षिक बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।

यस्तै, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोर पढेर सुनाउने, कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको नाम मनोनयन गरेको बेहोरा जानकारी गराउने तथा वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ राष्ट्रियसभाबाट अवधिभित्र फिर्ता नभएको सभालाई जानकारी गराउने छन्।

PS26