काठमाडौँ । नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरिएको छ। गृहमन्त्रालयले शुक्रबार राति डीआईजीहरूक् सरुवा गरेको हो।
सरुवा अनुसार ओम अधिकारीलाई मधेस प्रदेश प्रहरी कार्यालय पठाइएको छ। सानुराम भट्टराईलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय सरुवा गरिएको छ।
मधेस प्रदेशमा कार्यरत गोविन्द थपलियालाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको छ। सुदूरपश्चिम प्रदेशमा कार्यरत ओम रानालाई नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग पठाइएको छ।
गृह मन्त्रालयले प्रहरी संगठनको कार्यसम्पादन तथा प्रशासनिक आवश्यकताअनुसार सरुवाको निर्णय गरेको जनाएको छ।