काठमाडौँ । जेठ २७ गते लाम्पाटा (बाजुरा)को लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली जेठ ३० गते (शनिबार) पुगेको छ । सो स्थानमा अब अस्थायी सुरक्षा वेश स्थापनाको तयारी गरिएको छ।
सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार अस्थायी सुरक्षा वेशमा खटिएको टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट नै आवश्यक निर्देशन दिइने र आबश्यकता अनुसारको समन्वय समेत प्रधान कार्यालय बाटनै हुनेछ।
सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली सो ठाउँमा खटिएको हो।