काठमाडौँ
००:००:००
७ असार २०८३, आईतवार

रास्वपा महाधिवेशन

७ असार २०८३
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा सहभागी कार्यकर्ताहरूलाई मोही वितरण गरिएको छ। मोही वितरणका क्रममा कार्यकर्ताबीच धक्कामुक्का भएको छ। महाधिवेशनस्थलमा आयोजकले कार्यकर्तालाई मोही वितरण गर्न थालेपछि एक्कासि भिड बढ्दा हरालुछको अवस्था सिर्जना भएको हो।

मोही लिन कार्यकर्ताहरू एकैपटक पुग्दा लाइन व्यवस्थापन कमजोर देखिएको थियो। भिड नियन्त्रणका लागि स्वयंसेवक परिचालन गरिए पनि सुरुवाती समयमा केहीबेर अस्तव्यस्त बनेको हो।

तस्बिरमा देखिएअनुसार मोही लिन कार्यकर्ताहरू हात फैलाएर भिडमा अगाडि बढेका छन्। केही कार्यकर्ता मोहीको बोतल हात पार्न आपसमा तानातानसमेत गरेको देखिन्छ।

महाधिवेशनका अन्य कार्यक्रम नियमित भइरहेका छन्।

तस्बिरमा हेर्नुहोस् मोही वितरणका क्रममा भएको भिडभाड :