काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

रास्वपा महाधिवेशन

१० असार २०८३
तस्बिरहरू : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

चितवन। चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चलिरहेको छ। महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढेसँगै महाधिवेशनस्थल परिसरमा प्रचारले तीव्रता पाएको छ।

चितवनको भरतपुर महानगरपालिका १० स्थित उद्योग संघको बाहिरी परिसरमा जारी महाधिवेशनका क्रममा उम्मेदवारका प्रचार सामग्री यत्रतत्र देख्न सकिन्छ। छरपस्ट प्रचार सामग्रीले यो क्षेत्र अस्तव्यस्त देखिएको छ। महाधिवेशनका लागि विभिन्न समूह र उम्मेदवारहरूले राखेका पोस्टर, ब्यानर, पर्चा तथा अन्य सामग्रीले परिसर भरिभराउ भएको छ।

भुइँदेखि भित्तासम्म असरल्ल टाँसिएका तथा छरिएका सामग्रीले महाधिवेशन स्थल भरिएको छ। सहभागीहरू आवतजावत गर्ने मुख्य मार्गमै यस्ता सामग्री यत्रतत्र देख्न सकिन्छ। यसले हिँड्नसमेत असहज देखिन्छ।

महाधिवेशनको चहलपहलसँगै प्रचार पनि तीव्र बनेको हो। तर यसको सहज व्यवस्थापनतर्फ भने कसैले ध्यान दिएको छैन। महाधिवेशन सकिएपछि प्रचार सामग्री सरसफाइ र व्यवस्थापनमा ध्यान दिन जरुरी देखिन्छ।

हेर्नुहोस् रास्वपाको महाधिवेशनमा उम्मेदवारहरूले तयार पारेका असरल्ल प्रचार सामग्रीका थप तस्बिर :