काठमाडौँ
००:००:००
११ असार २०८३, बिहीबार

११ असार २०८३
अ+
अ-

चितवन । रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पाँचौँ पटक संशोधन गरी प्रकाशन भएको छ।  संशोधित कार्यतालिका अनुसार दोस्रो चरणमा हुने ६ पदाधिकारीको निर्वाचनका लागि बिहीबार राती सवा नौ बजेदेखि सवा १२ सम्म मतदानको समय निर्धारण गरिएको छ। उक्त मत परिणामको नतिजा राति साढे १ बजे हुनेछ।

त्यसअघि पदाधिकारी पदको फाराम वितरण बिहीबार साँझ साढे ६ बजेदेखि ७ बजेसम्मलाई तोकिएको छ । त्यस्तै दाबी विरोध ८ बजेलाई राखिएको छ।

रास्वपाको विधानअनुसार एक वरिष्ठ नेता,  एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सह प्रवक्ता, एक कोषाध्यक्ष र दुई सह कोषाध्यक्ष सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ।

रास्वपाको १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। सात प्रदेश पदाधिकारी पदेन सदस्य रहनेछन्। ती मध्ये ५१ जना मनोनीत गर्ने अधिकार सभापतिलाई दिइएको छ।