काठमाडौँ । भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनपछि पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल र झलनाथ खनाल एउटै मञ्चमा देखिने भएका छन्।
पूर्व राष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा असार १४ गते आइतबार मदन भण्डारीको ७५ औँ जन्मोत्सवको अवसरमा मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय सभागृह, काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु एउटै मञ्चमा देखिन लागेका हुन्। उक्त कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुनेछन्।