१३ असार २०८३
शंकर पोखरेल
अ+
अ-

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको चुनावी परिणामलाई लिएर टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले रास्वपाले विगतमा उठाउँदै आएको ‘नो भोट’ अभियानको प्रसंग उल्लेख गरेका छन्।

उनले रास्वपाको महाधिवेशनमा ‘नो भोट’ को व्यवस्था भएको भए पदाधिकारीतर्फ रवि लामिछाने मात्र निर्वाचित हुने र केन्द्रीय सदस्यमा जम्मा ९ जना मात्र चुनिने अवस्था देखिएको बताएका छन्।

पोखरेलले यसबाट रास्वपा भनेकै रवि र रवि भनेकै रास्वपा भन्ने निष्कर्ष पुष्टि भएको टिप्पणी गरेका छन्। रास्वपा अझै संगठनात्मक रूपमा परिपक्व राजनीतिक दल बन्न बाँकी रहेको उनको भनाइ छ।