काठमाडौँ। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सहि भए संसदको रेकर्डबाट हटाउन नहुने बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितमा थियो भने संसदको रेकर्डबाट हटाउन नहुने तर राष्ट्रको हित विपरित अभिव्यक्ति भए तुरुन्त हटाउन माग गरेका छन्।
आफ्नो अभिव्यक्ति राष्ट्रहित वा राष्ट्रको अहितमा रहेको भन्ने बिषय स्वयं प्रधानमन्त्री सदनमा आएर स्पष्ट पार्नुपर्ने उनको भनाइ छ।
उनले प्रधानमन्त्रीले पार्टी भन्दा ठूलो देश हुने भन्दै उहाले सीमाको बिषयमा चितवनबाट नभइ सदनबाटै स्पष्ट पार्नुपर्ने धारणा राखेका छन्।
उनले बिपक्षी दलले लगातार सीमाका बिषयमा चासो राख्दै विरोध जनाएपछि सरकार र सत्तारुढ दलले वेवास्ता गरेको आरोप लगाए।