काठमाडौँ। विराटनगरबाट ब्राउनसुगर कारोबारी भारतका नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम बंगाल राज्य, दक्षिण दिनाजपुर जिल्लाको गंगारामपुर थाना क्षेत्रका ३२ वर्षीय चञ्चल सिकदार रहेका छन्।
उनलाई विराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाटबाट आइतबार पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख उपरीक्षक कवित कटवालले बताए। उनको साथबाट २८९ ग्राम ७२० मिलिग्राम ब्राउनसुगर बरामद भएको कटवालले बताए।
भारतबाट पैदल नेपाल प्रवेश गर्दै गरेका सिकदारलाई प्रहरीले चेकजाँच गरेको थियो। यसक्रममा उनले बोकेका दुई वटा टिफिन बट्टाभित्र लुकाएर राखिएको अवस्थामा ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।
सिकदारलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।