काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले रास्वपा महाधिवशेनबाट पारित केहि दस्तावेजले लोकतन्त्रको आधारलाई कमजोर बनाउने खतरा रहेको टिप्पणी गरेका छन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले रास्वपाको महाधिवशेनमा छलफल नभइ पारित भएको भनिएको केहि दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको टिप्पणी गरेका छन्।
लोकप्रियताको घुम्टोले जितेको शक्तिले गणतन्त्रको संरचनालाई जिस्काई–जिस्काई कपट र षड्यन्त्रप्रति नेकपा गम्भीर र सचेत रहेको उनले बताए।
दुलालले निर्वाचनका क्रममा प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउछु भन्ने रास्वपाले जनताको मत पाएपछि अहिले तिनै संरचनालाई खारेज गर्छु भन्नु जनतामाथिको बेइमानी र धोका भएको बताए।
उनले आफुहरु एकताबद्ध भएर नवीन विचार, नेतृत्व र पहलकदमीसहित अघि बढ्ने भन्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका विरुद्ध कुनै पनि कार्यको डटेर सामना गर्ने स्पष्ट परेका छन्।