काठमाडौँ
००:००:००
१८ असार २०८३, बिहीबार

१८ असार २०८३
अ+
अ-

काठमाडौँ। लिम्बू संस्कृतिमा आधारित नेपाली चलचित्र सुगुप सिक्किममा प्रदर्शन गरिएको छ।

लिम्बू समुदायको मौलिक परम्परा र संस्कृतिको चित्रण गरिएको सुगुपलाई सिक्किमेली दर्शकले मन पराए। डिर्म्लेन्ड फिलिम्स प्रोडक्सन गान्तोकद्वारा निर्मित सुगुपको पहिलो विशेष प्रदर्शनी सिक्किम सरकारका संस्कृती पर्यटनमन्त्री छिरिङ टी भुटियाको प्रमुख आथित्यमा भएको हो।

चलचित्रका निर्देशक लोकेन साँवा लिम्बू, मुख्य निर्माता रबिनकुमार नाल्बो, कलाकार प्रेम सुब्बा, मौसम इम्बुङ, बबिता नेयोङहाङलगायतको उपस्थितिमा भारजा सिनेमा हलमा भएको ग्रान्ड प्रिमियरमा सिक्किमका विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति थियो। चलचित्र हेर्न सिक्किम सरकारको मन्त्रीमण्डलका सदस्यहरू, प्राध्यापक, शिक्षकलगायत सहभागी थिए।