काठमाडौँ
००:००:००
२१ असार २०८३, आईतवार

२१ असार २०८३
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी।
अ+
अ-

काठमाडौँ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का दुई कर्मचारीलाई सेवाबाट हटाइएको छ।

योसँगै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बेपत्ता कर्मचारी हटाउने कामको आरम्भ गरेकी हुन्। नार्कको अध्यक्षसमेत रहेकी चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाएकी हुन्।

दरबन्दी मात्र ओगटेर सम्बन्धित कार्यालयमा उपस्थित भई जिम्मेवारी पूरा नगर्ने कर्मचारीविरुद्ध आवश्यक कारबाही गरिएको उनको सचिवालयले जनाएको छ। मन्त्री चौधरीले नार्कबाट सुरुआत गरिएको र बेपत्ता भएका मन्त्रालयअन्तर्गत रहेका विभाग, केन्द्रलगायत निकायबाट बेपत्ता कर्मचारी हटाउने बताइन्।

कर्मचारी प्रशासन विनियमावली, २०६२ को विनियमबमोजिम उनीहरूलाई अनुपस्थित रहेको मितिदेखि नै लागू हुने गरी सेवाबाट हटाइएको हो। परिषद्ले सम्बन्धित कर्मचारीको घर-ठेगानामा पत्राचार गर्नुका साथै राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको थियो। तोकिएको अवधिमा पनि सम्पर्कमा नआएकाले परिषद्को कार्यकारी समितिको निर्णयअनुसार सेवाबाट हटाइको मन्त्री चौधरीले बताइन्।

सेवाबाट हटाइएका कर्मचारीमा कृषि अनुसन्धान निर्देशनालय तरहरा, सुनसरीमा कार्यरत प्राविधिक अधिकृत छैटौँ पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र खुमलटार ललितपुरमा कार्यरत वैज्ञानिक एस-१ नमिता भट्टराई छन्।