काठमाडौँ
००:००:००
२६ असार २०८३, शुक्रबार

२३ असार २०८३
अ+
अ-

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।  राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले  नतिजा  सार्वजनिक गरेको हो।

पूरक परीक्षा असार १ देखि ७ गतेसम्म सञ्चालन भएको थियो। पूरक परीक्षामा १ लाख ४८ हजार ५ सय ७ जना परीक्षार्थी रहेकामा १ लाख २९ हजार १ सय ९४ जना सहभागी भएका थिए।

तीमध्ये ८३ हजार ५ सय २३ जना उत्तीर्ण भएका छन्। यस वर्ष ७ जना परीक्षार्थीको परीक्षा रद्ध गरिएको छ।