लमजुङ । लमजुङमा प्रहरीले बेवारिसे अवस्थामा लुकाई छिपाई राखिएका पाँच थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङ मातहतको इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रवार मध्यनेपाल नगरपालका–६ र ९ स्थित क्षेत्रबाट उक्त हतियार बरामद गरेको हो।
प्रहरीका अनुसार लुकाई छिपाई राखिएको अवस्थामा फेला परेका पाँच थान भरुवा बन्दुकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।
बरामद भएका हतियार कसको र कुन प्रयोजनका लागि राखिएको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।