काठमाडौं । नेपालले घरेलु मैदानमा भारतको ‘ए’ टोलीसँग तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ। नेपाली क्रिकेट संघ (क्यान)ले त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा डिसेम्बर ९ देखि १३ सम्म सिरिज आयोजना हुने जनाएको छ।
यो सिरिजको निर्णय स्कटल्यान्डमा सम्पन्न आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)का सचिव देवजित सैकियाबीच भएको भेटवार्तापछि भएको हो।
कार्यतालिकाअनुसार पहिलो खेल डिसेम्बर ९, दोस्रो खेल डिसेम्बर ११ र तेस्रो तथा अन्तिम खेल डिसेम्बर १३ मा हुनेछ।