काठमाडौँ
००:००:००
२६ असार २०८३, शुक्रबार

२६ असार २०८३
अ+
अ-

काठमाडौँ। आगामी साउन १ गतेदेखि सर्वोच्च अदालतको नियमित सुनुवाइ प्रक्रिया करिब डेढ साता प्रभावित हुने भएको छ ।

हरेक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमति सुनुवाइ रोकिने अभ्यास छ। सोही अनुसार, यो वर्ष नयाँ आर्थिक वर्ष सुरु भएपछि करिब डेढ साता सुनुवाइ प्रक्रिया प्रभावित हुने भएको हो।

सर्वोच्च अदालत प्रशासनका अनुसार, साउन ११ गतेबाट मात्रै नियमित सुनुवाइ हुनेछ।

यसअघि दुई सातासम्म पनि सुनुवाइ रोकिने गरेको थियो । यो पटक भने ११ दिनमात्रै अवरुद्ध हुने भएको सर्वोच्च अदालतले जनाएको छ।

यसबीचमा बन्दी प्रत्यक्षीकरणका मुद्दा भने रोकिंदैनन् । केही निवेदनमा भने सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ।