काठमाडौँ
००:००:००
२८ असार २०८३, आईतवार

२८ असार २०८३
अ+
अ-

धनगढी। बझाङको केदारस्यूँ गाउँपालिका–७ मा भएको बोलेरो जिप दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ।

घाइतेको उद्धारका लागि शनिबार नै सदरमुकाम चैनपुर आएको नेपाली सेनाको हेलिकप्टरले ६ जना गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगन्ज लगिरहेको प्रहरीले जनाएको छ।

नेपालगन्ज लगिएका घाइतेमा दुर्गाथली गाउँपालिका–६ का रामबहादुर महता, हर्कादेवी महता, जयमतीदेवी महता, झल्कादेवी महता, रामबहादुर महता र केदारस्यूँ गाउँपालिका–७ का देवबहादुर धामी रहेका छन्।

दुर्घटनापछि उनीहरूलाई उद्धार गरेर शनिबार राति जिल्ला अस्पताल बझाङ पुर्‍याइएको थियो। अस्पतालमा आवश्यक उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो करिब ४ बजे बुंगल नगरपालिका–विजगडाबाट दुर्गाथलीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ च २६४४ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सवार १६ जनामध्ये ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा १२ जना घाइते भएका थिए।