सुर्खेत। कर्णाली प्रदेश सरकारमा रहेको नेपाली कांग्रेसका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन्।
बुधबार बिहान ९ बजे मुख्यमन्त्री यामलाल कँडेलसमक्ष चार जना मन्त्रीहरुले सामूहिक रुपमा राजीनामा दिएका हुन्।
आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, उर्जा तथा जलस्रोत मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले सामूहिक रुपमा राजिनामा बुझाएका हुन्।
मुख्यमन्त्री कँडेलले सामाजिक विकास मन्त्रालयको संरचना हेरफेर गर्ने तयारी गरेका बेला उनीहरुले असन्तुष्टी जनाउँदै राजीनामा दिएको बुझिएको छ।
“मन्त्रालयको संरचनामा तलमाथिक हुनुहँदैन भन्ने मन्त्रीको कुरा थियो, अरु मन्त्रीहरुले पनि यो विषयमा क्याविनेटको साक्षी मात्र नबस्ने भन्ने भएपछि सबैको राजीनामा गएको छ।” सामाजिक विकास मन्त्री भण्डारीको एक स्वकीयले भने।