काठमाडौँ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत अभियन्ता मजिद अन्सारी डिस्चार्ज भएका छन्।
कीर्तिपुरस्थित सुकुमवासी होल्डिङ सेन्टरमा गत शनिबार प्रहरीले धरपकड गर्दा उनी घाइते भएका थिए।
उनी राष्ट्रिय मानवअधिकार आयोगको रोहबरमा प्रहरीबाट पनि हिरासतमुक्त भएका छन्।