काठमाडौँ
००:००:००
३१ असार २०८३, बुधबार

३२ असार २०८३
अ+
अ-

काठमाडौं। साविक विजेता अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

खेलमा सुरुआती अग्रता भने इंग्ल्यान्डले लिएको थियो। ६५औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्यान्डलाई १–० को अग्रता दिलाएका थिए।

त्यसपछि अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो। ८५ औँ मिनेटमा एन्जो फर्नान्डेजले बराबरी गोल गरेपछि खेल १–१ को अवस्थामा पुगेको थियो। इन्जुरी समयमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई २–१ को रोमाञ्चक जित दिलाए।

यस जितसँगै सन् २०२२ को विश्वविजेता अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकपको फाइनलमा पुगेको छ। अब उपाधिका लागि अर्जेन्टिनाले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

यता, सेमिफाइनलमा पराजित इंग्ल्यान्डले तेस्रो स्थानका लागि फ्रान्ससँग खेल्नेछ।