जनकपुर। नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी थुनामुक्त भएका छन्।
सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न आदेश जारी गरेपछि महोत्तरी कारागारले उनलाई रिहा गरेको हो। सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार उनलाई रिहा गर्ने आदेश दिएको हाे।
पूर्वसांसद महताेका छोरा मनोजकुमार महतोले आफ्नो बुबालाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेपछि सर्वोच्चले यस्तो आदेश दिएको हाे।