काठमाडौँ। सिरहामा कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मधुवनी बिहार थाना रामनगर ग्रामपञ्चायत पटबारा वडा नम्बर ८ सहर्वाका २६ वर्षीय रोशनकुमार यादव रहेका छन्।
यादवलाई सिरहा नगरपालिका-७ स्थित हुलाकी सडकखण्डको भित्री बाटो हुँदै बजारतर्फ आउँदै गर्दा बिहीबार बिहान ५ बजे पक्राउ गरिएको सिरहा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले बताए।
यादव बीआर०७एजेड ४२१५ नम्बरको मोटरसाइकलमा सवार थिए। यादवले मोटरसाइकलको ह्याण्डिङमा झुन्ड्याइएको नाइलनको झोलामा आलु, प्याज र झिगुनी तरकारी बोकेका थिए।
त्यसभित्र लुकाएर राखेको कटुवा पेस्तोल, गोली दुई थान बरामद भएको पालले बताए।
पाललाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा राखेर हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालेको छ।