काठमाडौँ
००:००:००
१ श्रावण २०८३, शुक्रबार

१ श्रावण २०८३
अ+
अ-

काठमाडौँ। सवारी चालक अनुमति पत्र (इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीका लागि यातायात व्यवस्था विभागले अनलाइनमार्फत सेवा उपलब्ध गराउने भएको छ।

आगामी २०८३ साल साउन १ गतेदेखि लागू हुने गरी यो सेवा सुरु हुन लागेको हो। अब लाइसेन्सका लागि फारम भर्दा सेवा लिन चाहनेहरुले राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको क्युआर स्क्यानरबाट स्क्यान गरी अटोफिलमार्फत सजिलै फारम भर्न सक्ने व्यवस्था मिलाइएको छ। अन्यको हकमा भने साविकअनुसार नै हुनेछ।

सेवाग्राहीलाई थप सहजता प्रदान गर्न राजस्व भुक्तानीसमेत अनलाइनमार्फत नै गर्न सकिने व्यवस्था गरिएको छ।

यदि सेवा प्रवाहका क्रममा कुनै किसिमका समस्या, गुनासो वा सुझाव आएमा विभागको आधिकारिक इमेलमा सम्पर्क गर्न सकिनेछ।