२ श्रावण २०८३
अ+
अ-

न्यूयोर्क । फिफा विश्वकप २०२६ को फाइनलअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले उपाधिका लागि टोली पूर्ण तयारीका साथ मैदान उत्रने बताएका छन्।

फ्यानाटिक्स फेस्ट कार्यक्रममा मेसीले भने, “हामी आफ्नो सम्पूर्ण शक्ति लगाएर खेल्नेछौं।” अर्जेन्टिनाले फाइनलमा स्पेनसँग न्यु जर्सीको इस्ट रदरफोर्डमा प्रतिस्पर्धा गर्दैछ।

कार्यक्रममा टम ब्रेडी, नोभाक जोकोभिच र केभिन डुरान्टजस्ता खेल क्षेत्रका चर्चित व्यक्तित्वहरूले मेसीसँग संवाद गरेका थिए। स्पेनका कप्तान रोड्रीले मेसीलाई सर्वकालीन महान् खेलाडीमध्ये एक भएको बताए।

प्रशिक्षक लियोनल स्कालोनीले फाइनललाई सामान्य खेलका रूपमा लिने बताए। मेसीले टोलीको संघर्षशील मानसिकता उल्लेख गर्दै भने, “हामी कहिल्यै लड्न छोड्दैनौं।”

अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले पनि विश्वकप पुनः जित्न टोलीले शतप्रतिशत प्रयास गर्ने बताएका छन्। अर्जेन्टिना उपाधि जितेमा लगातार दुई विश्वकप जित्ने ब्राजिलपछि पहिलो राष्ट्र बन्नेछ।