२ श्रावण २०८३
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधनसँगै राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रका सजग पहरेदारलाई गुमाएको बताएका छन्।

नागरिक अगुवा पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै थापाले जारी गरेको शोकसन्देशमा नागरिक स्वतन्त्रता, समानता, मानवअधिकार र लोकतान्त्रिक चेतनाका पक्षमा पाण्डेले जीवनभर निर्भीकतापूर्वक निर्वाह गरेको योगदानको स्मरण गरेका छन्।

अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा उनले देशको अर्थतन्त्र‚ सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसलाई नयाँ दृष्टि दिएको सभापति थापाले सन्देशमा उल्लेख गरेका छन्। पाण्डेको शुक्रबार साँझ निधन भएको हो।