दाङ। तुलसीपुर उपमहानगरपालिकाले गत आर्थिक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेको छ।
उपमहानगरपालिका कार्यालयका अनुसार वडा नं ४ रक्षाचौरको चारबाटो चोकदेखि एक्लेवरसम्म दुई किलोमिटर, बाससोतादेखि मटेरासम्म ५५९ मिटर र राप्ती राजमार्गदेखि पिलीबोटसम्म दुई किलोमिटरसहित सडक कालोपत्र गरिएको हो।
यसैगरी, नौ हजार ९५८ मिटर पक्की नाला, तीनवटा वडा कार्यालय भवन, एउटा स्वास्थ्य चौकी भवनको तला थप, एउटा माध्यमिक विद्यालयको आठकोठे र अर्को एउटा प्राथमिक विद्यालयको दुईकोठे भवन निर्माण भएको छ।
गत आवमा नै व्यवस्थित हाटबजारस्थल निर्माण र रातामाटा सिँचाइ कुलो निर्माण भएको छ।