काठमाडौँ
००:००:००
४ श्रावण २०८३, सोमबार

३ श्रावण २०८३
अ+
अ-

काठमाडौँ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिको आयोजनामा हुने ‘गरिमा नवौँ राष्ट्रिय लोकदोहोरी अवार्ड २०८३’ का लागि उत्कृष्ट पाँच कलाकार मनोनयनमा परेका छन्।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रीता थापामगर, उपत्यका समिति अध्यक्ष प्रसाद लामिछानेसहितको उपस्थितिमा आज (आइतबार) निर्णायक समिति संयोजक एवं पूर्वकेन्द्रीय अध्यक्ष दुर्गा रायमाझीको नेतृत्वको छनोट समितिले हरेक विधातर्फ रचनाका बोल, शब्द र सम्पादनसहित विभिन्न २४ विधामा १२० उत्कृष्ट कलाकार छनोट गरेको हो।

समन्वय समिति उपाध्यक्ष राजेश ढकालका अनुसार आगामी ६ भदौमा काठमाडौँमा हुने अवार्डमा स्रोता दर्शकको ‘भोटिङ’ र निर्णायक समितिको निर्णयका आधारमा हरेक विधामा एक/एक सर्वोत्कृष्ट घोषित हुनेछन्। प्रतियोगिताका लागि मुलुकभरबाट आवेदन परेको थियो।

अवार्डअन्तर्गत २०८०-२०८२ सम्मको ‘सर्वोत्कृष्ट लोकदोहोरी गायक’तर्फ खेम सेन्चुरी (तल्लो बाटो), सागर आले (यूके बस्ने दाई), प्रकाश दुतराज (छैन र माया), अर्जुन सापकोटा (झलिको), कुशल बेल्वासे (काँचो सुपारी), ‘सर्वोत्कृष्ट लोकदोहोरी गायिका’तर्फ शान्तिश्री परियार (जुनेली रातै रातैमा), शान्तारानी परियार (स्याउली बजारमा), दीपिका ब्यम्बो मगर (कस्मिरे पछेउरी), कालिका रोका (देउरालीलाई फूलपाति धजा), निशा गुरुङ (यूके लन्डनको) उत्कृष्ट पाँचमा परेका छन्।

‘सर्वोत्कृष्ट लोकदोहोरी नवगायक’ मा शीतल गुरुङ (भागौँला त्रिशूली तरेर), किरण बीसी (गोर्खाली), रायन बस्याल (घामपानी छाता), सुरेश अन्जान (हिमाली फूल), अनिल पुनमगर (गुन्युचोली) ‘सर्वोत्कृष्ट लोक दोहोरी नवगायिकातर्फ निर्मलादेवी बस्नेत (तिम्लाई पछ्यौरी किन्दिउँला), सिम्रन परियार बैनीको कहाँ पर्यो घर), शान्ति शिरीष मगर (यूके बस्ने दाइ), सीमा नेपाली (जय-जय होस्), गरिमा कार्की (अन्त नभने) उत्कृष्ट पाँचमा छानिएका छन्।

‘सर्वोत्कृष्ट लोकदोहोरी शब्द’तर्फ नेत्र अर्याल (तल्लो बाटो), सन्तोष सापकोटा (झलिको), विक्रमबाबु विश्वकर्मा (गण्डकी), सुरेश रानामगर (यूके बस्ने दाइ), दीपक अधिकारी (म त तिम्रो होइन मायालु), ‘सर्वोत्कृष्ट लोक दोहोरी लय’ तर्फ अर्जुन सापकोटा (झलिको), गोविन्द पंगेनी (भागौँला त्रिशूली तरेर), एचबीएन किस्मत (खोली सलल), नन्दु परियार (स्याउली बजारमा), अशिम चन्द विश्वकर्मा (गण्डकी) छानिएका छन्।

‘सर्वोत्कृष्ट लोकदोहोरी गीत’ मा विनोद बाजुराली (हियारै), सुदीप अधिकारी (घुमाउने घर पोखरामा), सूर्य खड्का (पचास तिरको), कोमल नेपाली (स्याउली बजारमा), खुसी गुरुङ (हङकङको चिनो) छनोटमा परेका छन्।

‘सर्वोत्कृष्ट लोक गीत’ मा बालकुमार श्रेष्ठ (जप्दै नाम आमा), घनश्याम रिजाल (साथी), शम्भु कुँवर (तम्रो त यो दुनियाँ छ) सुरेश खत्री (ए आमा), दुर्गामाया गुरुङ (उहीसँग दिल बस्यो हजुर) तथा ‘सर्वोत्कृष्ट लोक दोहोरी गीत नायक नृत्य’ मा लोमश शर्मा (गोर्खे खुकुरी), गोविन्द पहाडी (नजर तेतै छ), बबिनसिंह ठकुरी (गुन्युचोलीमा), विजय पुन (यूके बस्ने दाई), अनिल पौडेल (माया आउने बसमा) छनोटमा छन्।

यस्तै ‘सर्वोत्कृष्ट लोकदोहोरी गीत नृत्य नायिका’, ‘सर्वोत्कृष्ट लोकदोहोरी गीत नृत्य निर्देशक’, ‘सर्वोत्कृष्ट लोकदोहोरी गीत अभिनय नायक’ ‘सर्वोत्कृष्ट लोकदोहोरी गीत अभिनय नायिका’ आदि विधामा उत्कृष्ट पाँच छनोट भएका छन्। अन्य विधामा मिक्सिङ मास्टरिङ, गीत एरेन्ज, छायांकन, सम्पादन, परम्परागत गीत, प्रतियोगी गायिका, दोहोरी साँझ गायक-गायिका छन्।