काठमाडौँ
००:००:००
३ श्रावण २०८३, आईतवार

३ श्रावण २०८३
अ+
अ-

काठमाडाैँ। फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा इङ्ल्यान्डले फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ।

इङ्ल्यान्डले खेलको तेस्रो मिनेटमै डेक्लान राइसको गोलबाट अग्रता लिएको थियो। त्यसपछि १८औँ मिनेटमा एज्री कोन्साले गोल थप्दै टोलीलाई २–० को अवस्थामा पुर्‍याए। पहिलो हाफमै बुकायो साकाले ३७औँ र इन्जुरी समयको ४६औँ मिनेटमा लगातार दुई गोल गर्दै इङ्ल्यान्डलाई ४–० को सहज अग्रता दिलाए। पहिलो हाफ समाप्त हुँदा इङ्ल्यान्ड चार गोलले अगाडि थियो।

दोस्रो हाफ सुरु भएलगत्तै फ्रान्सले शानदार पुनरागमनको प्रयास गर्‍यो। ४८औँ मिनेटमा कप्तान केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सको खाता खोले।

ब्राडली बारकोलाले ५४औं मिनेटमा र कप्तान एमबाप्पेले ६६औं मिनेटमा गोल गर्दै खेललाई ४–३ को स्थितिमा पुर्याए। खेलको ८७औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टीमार्फत गोल गर्दै अग्रताको दुरी बढायो। पेनाल्टीमा शाकाले गोल गर्दा दोस्रो हाफको इन्जुरी समयमा उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काउन प्रयास गरे। तर, अन्तिम समयमा जुड बेलिंघमले गोल गर्दै इंग्ल्यान्डलाई ६–४ को जित दिलाए।