तेहरान। इरानी सेनाले कुवेतमा रहेका अमेरिकी सैन्य अड्डाहरूमाथि ड्रोन आक्रमणको नयाँ लहर सुरु गरेको दाबी गरेको छ।
बीबीसी फारसीका अनुसार इरानी सेनाको जनसम्पर्क विभागले विज्ञप्तिमार्फत भनेको छ कि- अमेरिकी आक्रमणको प्रतिक्रियामा ‘अपरेसन लाइटनिङ’ को १७औँ चरण सुरु गरिएको छ।
अमेरिकाले आफ्ना नागरिक क्षेत्रहरूलाई लक्षित गरेको हुँदा प्रत्याक्रमण गरेको इरानको दाबी छ। इरानी विज्ञप्तिअनुसार यस अपरेसनमा कुवेतको क्याम्प अल-अदिरीमा रहेको अमेरिकी हतियार डिपोलाई लक्षित गरिएको थियो।
साथै अली अल-सलेम एयर बेसमा रहेका उपकरण र कर्मचारी सुविधाहरूमाथि पनि आक्रमण गरिएको थियो।
हालैका दिनमा अमेरिका र इरानबीचको तनाव बढेपछि कुवेतमा रहेका अमेरिकी सैन्य अड्डाहरू इरानी आक्रमणको प्रमुख लक्ष्य बनेका छन्।