काठमाडौँ
००:००:००
६ श्रावण २०८३, बुधबार

४ श्रावण २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार काठमाडौँ महानगरपालिका–१ नारायणचौरबाट इन्टरनेट सर्भर, सिमकार्ड, ल्यापटप र मोबाइल फोनसहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कालिकोटका टेकेन्द्र शाही, बर्दियाका विश्व रेग्मी, अजय महतरा र बाँकेका आदित्य वाल्मीकि छन्।

उनीहरूले विभिन्न सट्टेबाजी एप एवं वेबसाइट प्रयोग गरी अनलाइन जुवा खेलाएको पाइएको छ।

उनीहरूले मोबाइल बैंकिङसमेतबाट एक करोड ९६ लाख तीन हजार ५ सय १९ रुपैयाँ बराबरको कारोबार गरेको खुल्न आएको छ।

उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।