काठमाडौँ
००:००:००
५ श्रावण २०८३, मंगलवार

४ श्रावण २०८३
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। सरकारले सार्वजनिक बिदालाई पुनरवलोकन गर्न गृह मन्त्रालयका सह-सचिवको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गर्ने भएको छ।

मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिवहरूको बैठकले सातामा शनिबार र आइतबार दुई दिन बिदा दिन थालिएपछि साबिकमा रहेका अन्य सार्वजनिक बिदाको पुनरवलोकनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो।

कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्रालयको प्रतिनिधि रहने र कार्यदलले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्ने मुख्यसचिव कार्कीद्वारा हस्ताक्षरित निर्णयमा उल्लेख छ।

चालु आवमा तर्जुमा गर्ने गरी पहिचान भएका विधेयकको मस्यौदा तयार गर्ने कार्य सम्बन्धित मन्त्रालयले शीघ्र प्रारम्भ गर्ने बैठकको निर्णय छ। बैठकले धेरै पुराना, असान्दर्भिक र कार्यसम्पादनमा बाधा पुर्‍याउने खालका कानुनलाई खारेज गर्न सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।